Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

बागमतीमा विपद् जोखिमको पूर्वतयारी : गोदामघर सञ्चालनमा ल्याउन मुख्यमन्त्रीको निर्देशन

खबरडबली संवाददाता

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विपद् जोखिमको पूर्वतयारीका लागि गोदामघरहरु सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री जमकट्टेलले कार्यविधि बनाएर विपद् व्यवस्थापनको रकम स्थानीय तहलाई हस्तान्तरण गरिने बताए ।  उनले जोखिमको पहिचान भएका स्थानीय तहहरुमा पूर्वतयारी गरिहाल्नुपर्ने समेत बताए ।

उनले प्रदेश सरकार मातहत मकवानपुर, नुवाकोट र काभ्रेमा रहेका गोदाम घर ९विपद्को राहत तथा उद्धार सामग्री० चालु अवस्थामा राख्न निर्देशन दिएका छन् ।

बैठकमा मनसुनजन्य विपद्पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०, प्रदेश विपद् कोषबाट लागत साझेदारीबापत उपलब्ध गराइएको रकम, प्रदेश विपद् व्यवस्थापन कोषको रकम खर्च गर्ने सम्बन्धमा छलफल भएको थियो । 

प्रदेश विपद् व्यवस्थापन कोषमा मौज्दात रहेको रकमबाट जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा आवश्यकता र औचित्यका आधारमा विपद् व्यवस्थापन कोष परिचालन गर्ने, विपद् पहिचान भएका स्थानीय तहरुमा पूर्वतयारी, खोज उद्धार र राहत, आवास पुनर्निर्माण र पुनस्थापनाका लागि प्रदेश सरकारले रकम उपलब्ध गराउने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेशमा बाढी तथा पहिराबाट लगभग २२ हजार घरधुरी र ९७ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान प्रदेश सरकारले गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलअनुसार विगत १० वर्ष ९२०६९ देखि २०७९० सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा प्रदेशमा हुने मनसुनजन्य विपद्हरु क्रमश: बाढी, पहिरो, भारी वर्षा र महामारी रहेका छन् । 

विगत १० वर्षको तथ्याङ्कअनुसार दुई सय ४३ वटा बाढीका घटनामा ९६ मानिसको मृत्यु, ३९ घाइते र ५८ जना बेपत्ता भएको देखिन्छ भने सबैभन्दा बढी मानिसको मृत्यु २०७० सालमा भएको देखिन्छ । विसं २०७९ को मनसुन तथ्याङ्कअनुसार यस प्रदेशमा १३ वटा बाढीका घटना भएका र  दुई जनाको मृत्यु भएको छ भने नौ घर पूर्ण क्षति हुँदा ९२ लाख ७३ हजार क्षति भएको थियो । विसं २०७९ को बाढीको तथ्याङ्कअनुसार यसको प्रभाव असारदेखि कात्तिकसम्म हुने गरेको छ ।

यसमा साउनमा सबैभन्दा धेरै प्रभावित हुने गरेको तथ्याङ्क छ । बागमती प्रदेशमा गत वर्ष बाढीका घटना र क्षति भक्तपुर जिल्लामा सबैभन्दा बढी भएको थियो । यहाँका १३ जिल्लामध्ये प्रदेशमा बाढीका कारण मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, काठमाडौँ, रसुवा, काभ्रेपलान्चोक र रामेछाप प्रभावित हुने गरेको तथ्याङ्क छ । 

बैठकमा सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, कृषि तथा पशुपन्छी विकासमन्त्री राजेन्द्रमान श्रेष्ठ, श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी, नेकपा एमाले बागमती प्रदेशसभा प्रमुख सचेतक मधुसूदन पौडेल, प्रदेससभा सदस्य सरल सहयात्री पौडेल, प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धु्रव गैडा, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्य, प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्याय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव दीपकप्रसाद न्यौपाने लगायतकाको सहभागिता रहेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षायाममा सडक खन्न रोक, अनुमति बिना उत्खनन गर्न नपाइने

काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...

बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी, नयाँ आयोजनाभन्दा पुराना सम्पन्न गर्न जोड

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...

सरकारले ‘ब्लक बजेट’ को अवधारणा अपनाएको भन्दै नेकपा सांसद दुलालको असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...

भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईको यस्तो स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...

सर्लाहीको गोडैता–५ का वडाध्यक्ष गुप्ता पक्राउ

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल, कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...

प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि अघि बढ्यो

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...

नेप्से परिसूचक ६.३१ अंकले घट्यो, कारोबार ४ अर्बभन्दा माथि

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...

हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending