Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सिन्धुलीमा साउन २२ गतेबाट व्यवसायिक प्याराग्लाडिङ सुरु हुने

खबरडबली संवाददाता

सिन्धुली  । सिन्धुलीमा पहिलो पटक व्यवसायिक प्याराग्लाडिङ उडान सुरु गरिने भएको छ । गत वैशाख १२ गते पहिलो पटक सफल परीक्षण उडान गरिए पछि साउन २२ गते सोमबारबाट व्यवसायिक प्याराग्लाडिङ उडान सुरु गरिने भएको हो ।

प्रयास होटल प्रालि कमलामाई नगरपालिका ६ रातमाटाले बागमति प्रदेशमै पहिलो पटक सिन्धुलीमा प्याराग्लाईडिङ ब्यवसाय सुरु गर्न लागेको हाे । कम्पनीले पाइलट दिल कुमार सुनवार, विक्रम सुनुवार र शंकर थापा मगर गरि ३जनाले उडान संचालन गर्ने नेत्र जंग थापाले जानकारी दिए ।

प्याराग्लाइडिङमा उड्नका लागि प्रति व्यक्ति ६ हजार ५ सय रुपैयाँ शुल्क तोकीएको छ । सिन्धुलीबासीको हकमा एक महिना सम्मको लागि १ हजार छुट गरी ५ हजार ५ सय तोकिएको थापाले बताए । प्याराग्लाइडिङको फ्लाइट अवधिको फोटो तथा भिडियो यसै शुल्क अन्तर्गत रहेको छ । प्याराग्लाइडिङ उड्ने ठाउँ सम्म पुग्नको लागि कम्पनीले सिन्धुलीमाढीको १ नं बजार, २ नं बजार, माझीटार, ढुंग्रेबास र धुराबजारबाट ल्याउने र पुर्याउने सुविधा समेत रहेको संचालक थापाले बताए ।

कम्पनीले प्याराग्लाइडिङको अवतरणका लागि जसेदमार, रातमाटा र धुराबजार लाई ल्याण्डिङ स्टेसन बनाएको छ । प्याराग्लाइडिङको टेक अफ साइट समुद्री सतहबाट ९ सय ७० मिटर उचाइमा छ । प्याराग्लाइडिङ टेक अफ साइट बाट करिब एक हजार मिटर माथि सम्म उड्नेछ । यस्तै प्याराग्लाइडिङको ल्याण्डिङ स्टेशन समुद्री सतहबाट ४ सय मिटरको उचाइमा रहेको छ ।

सिन्धुलीगढी हरिहरपुरगढी संगै र नागबेली बिपी राजमार्गले चर्चित सिन्धुली जिल्ला ३ वटा राजमार्गले छोएको जिल्ला हो । सिन्धुलीमा राजधानी काठमाण्डौँ र भारतको ठुलो शहर पट्ना लगायत अन्य जिल्ला जानको लागि सहज भएकाले महिनामा लाखौँको संख्यामा पर्यटकहरु सिन्धुली जिल्ला भएर आवात जावत गर्ने गर्दछन् । सोहि पर्यटकलाई सिन्धुलीमा आकर्षित गराउनको लागि पाराग्लाईडिङ मुख्य व्यवसाय हुने संचालक थापाले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending