काठमाडौं । माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यलाई लिखित टिपाउन अध्यक्ष प्रचण्डकाे आग्रह गरेका छन् । एकेडेमीको हल आजसम्म मात्रै बुकिङ रहेकाे भन्दै अध्यक्ष प्रचण्डले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सक्दो छिटो बैठक सक्न आग्रह गरेका हुन् ।
बोल्न बाँकी १५० सदस्य रहेको भन्दै अरुले पनि मौका पाउनुपर्ने उनले बताएका थिए । प्रचण्डले लगभग कुराहरु आइसकेको, अब दोहोरिने क्रममा रहेको भन्दै बाँकीले आफ्नो नाम खातामा टिपाउन र सुझाव राख्न भनेको माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले बताए । संसद बैठक पनि हाम्रै मिटिङका कारण सारिएको र त्यसो गर्न नमिल्ने प्रचण्डलाई उद्धृत गर्दै उनले बताए । जे कुरा छ अब बाँकी रहेकाे कुराहरु लिखितमै दिने र त्यहीँबाट सम्बोधन हुने भएकाे बताए ।
केन्द्रीय सदस्यहरुले प्रचण्डको प्रस्तावमा सहमति जनाएको नेताहरुले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्र पदाधिकारीको बैठक सकिनेबित्तिकै केन्द्रीय समिति बैठक कमलादीमा सुरु हुनेछ । आज प्रचण्डले उठेका प्रश्नहरुको जवाफ दिनेछन् ।
केन्द्रीय समिति एक बजे बस्ने भनिए पनि बालुवाटार बैठकका कारण त्यो धकेलिने सम्भावना रहेकाे छ । बैठकमा कुनै पनि लिखित डकुमेन्ट आउने सम्भावना करिब सकिएको नेताहरुले बताएका छन् । केन्द्रीय सदस्यहरुलाई प्रचण्डले भने, ‘एकेडेमीको हल आजसम्म मात्रै बुकिङ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: