काठमाडौं । गत साउन १६ गते काठमाडौंको व्यापारिक केन्द्र न्युरोडआठौँ तलाबाट एक पुरुष अकस्मात् भुईंमा बजारिए । हरेक दिन चलायमान हुने न्युराेडका ५५ वर्षीय सञ्जय गुप्ता घरकाे आठाैतलाबाट हाम फालेका थिए ।
बिहानदेखि राति १० बजेसम्म किनमेल गर्नेको भीड देखिने न्युराेडमा दिउँसो साढे १ बजेको समयमा सडकमा सवारीसाधनको चाप नै रहेकाे भए पनि आकक्कमात गुप्ता सडकमा बजारीएका थिए ।
प्रहरी वृत्त जनसेवाको टोलीले गुप्तालाई तत्काल उपचारका लागि केही दूरी पर रहेको वीर अस्पतालमा पुर्याए पनि अस्पतालले गुप्तालाई मृत घोषित गर्यो । स्थानीयवासीले गुप्ता घरको छतबाट खसेको अनुमान गरेका थिए ।तर, प्रहरीको अनुसन्धानमा उनले आत्महत्या गर्न आफ्नै घरको आठौँ तलाबाट हामफालेको खुलेको छ । कपडा व्यापारी गुप्ताको न्युरोडमा आठतले घर र गैरीगाउँमा समेत अर्को घर छ ।
प्रहरी वृत्त जनसेवाका प्रमुख एवं डीएसपी भेषराज रिजालका अनुसार न्युरोडको घर गुप्ताले व्यापारिक प्रयोजनका लागि प्रयोग गरेका थिए । त्यही घरबाट हामफालेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको उनले बताए । प्रारम्भिक अनुुसन्धानले गुप्ताले आत्महत्या गरेको देखिएको र प्रहरीले थप अनुसन्धान गरीरहेकेा उनले बताए । हाल गुप्ताले प्रयोग गर्ने मोबाइल परीक्षणको लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा पठाएका डीएसपी रिजालले बताए ।
परिवारका सदस्यले प्रहरीलाई दिएको जानकारीअनुसार गुप्ता केही समयअघिदेखि तनावमा देखिएका थिए । तर, के कति कारणले उनले ‘आत्महत्या’को बाटो रोजे, परिवारका सदस्य र प्रहरीले समेत कुनै ‘क्लु’ फेला पारेका छैनन् ।
आर्थिक समस्याका कारण गुप्ता तनावमा रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: