काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाउन र संसदीय समितिका सभापति चयनका गर्न पहल गर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष, प्रतिपक्ष र सत्ता पक्षका नेताहरुसँग छलफल गरेर संसदको अवरोध हटाउन र संसदीय समितिका सभापति चयनका गर्न पहल गर्ने निर्णय गरेको हाे ।
नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । यस विषयमा आज दिउँसो एक बजे संसद बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले पनि शीर्ष नेताहरुसँग छलफल गर्दै छन् । यही छलफलबाट समस्याको समाधान हुने माओवादी केन्द्रको विश्वास लिएकाे माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
सदन सन्चालनका लागि सत्ता पक्षको मात्र नभइ प्रतिपक्ष पनि जिम्मेवार हुनुपर्ने उनकाे भनाइ छ । विभिन्न तहमा छलफल हुँदैहुँदै सभामुखले नै शीर्ष नेतालाई नै बोलाएकाे र त्यहाँ समस्याको समाधान हुन्छ भन्ने कुरामा माओवादी विश्वस्त रहेकाे उनले बताए ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गरे पनि सरकारले त्यसको आवश्यकता नभएको जनाएको छ । सुन तस्करी प्रकरणमा राजश्व छलीसँग सम्बन्धित विषय राजश्व अनुसन्धान विभागले र संगठित अपराधसँग सम्बन्धित विषय सीआईबीले अनुसन्धान गरिरहेकाले त्यसबाटै निचोडमा पुग्न सकिने माओवादी नेता पाण्डेको भनाइ छ ।
यसक्रममा सुशासनका जति पनि विषयवस्तु पनि छन् त्यसमा निर्दोष व्यक्ति पर्दैनन् र दोषी व्यक्तिले उन्मुक्ति पाउँदैनन् भनेर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले र उप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बैठकमा भनेको पाण्डेले जानकारी समेत दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: