विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले जनतासँग जोडिएका सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित ‘दमकल तथा पिकअप भ्यान हस्तान्तरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
विपद्को सयममा जनतालाई सेवा र राहत प्रदान गर्न प्रदेश सरकार संवेदनशील रहेको उनले बताए । मौसमको प्रारम्भसँगै कोशी प्रदेशमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्व तयारी गरेको जानकारी दिँदै सरकार विपद्मा परेकालाई आवश्यक राहत र सेवा प्रदान गर्न तयार रहेको बताए ।
मुख्यमन्त्री थापाले प्रदेशमा अहिले चौपायामा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न एक करोडको भ्याक्सिन खरिद गर्न बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै डेंगीका बिरामीलाई उपचार गर्न कोभिड–१९ का लागि बनाइएका अस्पताललाई प्रयोगमा ल्याउने तयारी गरेको जानकारी दिए ।
उनले प्रदेशमा लम्पी स्किनबाट छ हजार पाँच सय चौपायाको मृत्यु भएको र दुई लाख ३५ हजारभन्दा बढी चौपाया प्रभावित भएकाले भ्याक्सिनले मद्दत गर्ने भन्दै प्रदेशमा राजनीतिक स्थिरताका लागि सरकारको स्थायित्व हुनुपर्ने बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन सचिव सुरेश राउतले विपद् व्यवस्थापनमा मन्त्रालयले योजनाबद्ध रुपमा काम गरिरहेको चर्चा गरे । सो अवसरमा ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका प्रमुख अमीर मादेन र उपप्रमुख भीमादेवी ओझालाई एक थान दमकल र एक थान पिकअप भ्यान मुख्यमन्त्री थापाले हस्तान्तरण गरे ।
दमकलको मूल्य रु ७७ लाख ५० हजार र पिकअप भ्यानको मूल्य रु ३७ लाख ५० हजार रहेको बताइएको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अधिकांश घर काठबाट निर्मित रहेकाले कुनै पनि हुनसक्ने आगलागीलाई नियन्त्रण एवं रोकथामका लागि मन्त्रालयबाट प्राप्त दमकलबाट ठूलो सहयोग पुग्ने प्रमुख मादेनले जानकारी दिनुभयो ।
फुङ्लिङमा यो समेत गरेर अहिले दुई दमकल रहेका र पहिलो दमकल भारतीय दूतावासबाट सहयोगस्वरुप प्राप्त भएको प्रमुख मादेनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: