Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

भूकम्पको केन्द्रबिन्दु बारपाकमा भ्वाङ !

\"barpak-Gorkha\"गोरखा । वैशाखमा गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँको जमिनमा भ्वाङ देखा परेको छ । विगत १५ दिनदेखि बारपाक क्षेत्रको जमिनमा भ्वाङ पर्ने क्रम चलिरहेको छ । खेती गरिएका खुकुलो माटो भएको क्षेत्रमा ठूलो भ्वाङ परेको स्थानीयवासीले बताएका छन् ।

बारपाक– २ मान्द्रेमा भूकम्पले भत्काएको घरको भनावशेषमा पनि भ्वाङ परेको छ साथै कोदोबारीमा एकपछि अर्को भ्वाङ परेपछि भूकम्पपीडित त्रसित छन् । भूकम्पपछि चिरा परेको गह्रामा एकपछि अर्को भ्वाङ देखिएको हो । मान्द्रे गाउँका आशमान गुरुङका अनुसार गाउँमा भन्दा बारीमा धेरै भ्वाङ परेको छ । \'कोदो रोपाइँ गरिएको बारीमा ठूला–ठूला भ्वाङ प¥यो” गुरुङले भन्नुभयो – “खाल्डैखाल्डो देखिएको कोदोबारीमा कोही गएको छैन ।\' टहरो नजिकै पनि भ्वाङ परेपछि छिमेकीहरु त्रसित भएको उनले बताए । मान्द्रे गाउँ क्षेत्रमा मात्रै ५० भन्दा बढी ठाउँमा खाल्डा देखिएका छन् । बारपाक पुगेर फर्कनुभएका पर्यटन व्यवसायी साने गुरुङका अनुसार कहीँकहीँ जमिन पनि भासिएको छ । \'कतै ठूलो भ्वाङ परेको छ । कतै जमिन भासिएको छ । पहिरो झरेको छ\' उनले भने– बाँझो खनेर बारपाकीले लगाएको कोदोबारीभरि भ्वाङ प¥यो ।\' बारीमा खाल्डो देखिएपछि स्थानीयवासी अर्को विपद् आउन सक्ने भन्दै आत्तिएको गुरुङको भनाइ छ । भूकम्पले धाँजा फाटेको जमिनमा पानी छिरेपछि खाल्डो पर्न सुरु भएको हो । गोरखाबजारदेखि बारपाक गाउँ ५२ किलोमिटर टाढा पर्छ । बारपाक गाउँमा रहेको टेलिफोनको टावर मर्मत नहुँदा सञ्चार सम्पर्क हुन नसकेको छैन । इन्टरनेट सञ्चालनमा रहेकाले केही मानिसले राहत पाएका छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending