इलाम । दल बहादुर तामाङ इलाम नगरपालिका-८ को वडाध्यक्ष हुन् । उनी आफुले गरेकाे काम हल्ला गर्न रुचाउँदैनन् । तर, कर्ममा भने निक्कै चित्त लगाउँछन् ।
नेपाल प्रहरीमा दुई दशक बिताएपछि इलाम नगरपालिका-८ को वडाध्यक्ष बनेपछि उनकौ दैनिकी जनताको सेवामा नै बित्ने गरेको छ । उनी बिहान चार बजे उठ्छन् । नित्यकर्म गरेर ६ बजे त जनताको घरमा चिया खाँदै हुन्छन् ।
निर्वाचित भएदेखि नै उनको दैनिकी बिहानदेखि मध्यरातसम्म जनताकै घरआँगनमा हुने गरेको छ । समस्या परेका हरेक मान्छेको घरमा पहिले वडा अध्यक्ष नै पुग्ने गरेकेा र वडाले साच्चैको जनप्रतिनिधि पाएको स्थानीय भिमा लिम्बुले बताइन् । उनी मात्रै हैन उनीसँगै रहेका चार जना सदस्य पनि उनको साथमा हुन्छन् । कहिलेकाहीं घर पुग्दा मध्यरात हुने गरेकाे सदस्य रुपेन खड्काले बताए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले वडा अध्यक्षलाई २९ प्रकारका सिफारिससहित विकास र नागरिकको सेवा सम्बन्धी विभिन्न अधिकारहरू प्रदान गरेको छ । प्रहरीमा जागिर खाएर रिटायर भएका तामाङ समयको शक्तिलाई राम्रोसँग बुझ्छन् । हरेक दिन १० बजेदेखि एक बजेसम्म कार्यालयमै बसेर काम गर्ने गरेकाे उनी बताउँछन् ।
पाँच वर्ष जनताको सुख दु:खमा सँगै हुने प्रण गरेको बताउने उनले सुरुमा वडा अध्यक्ष हुन चासो राखेका थिएनन् । धेरैको आग्रहमा वडाध्यक्ष भएका उनले कार्यकालको केही समयमै नागरिकको हित सम्झेर काम गरेका छन् ।
पछिल्लो समय उनले आफ्नो वडाको एक हजार भन्दा बढी घरमा गएर गरिब, अशक्त, स्वास्थ्य संस्था पुग्न नसकेर घरमै थला परेका नागरिकलाई समेत भेटेका छन् । दीर्घ रोगले थला परेका नागरिकका लागि जिल्लामै पहिलो पटक घर घरमा पुगेर स्वास्थ्य उपचार गर्ने अभियान पनि सुरु गरे।
अभियानको पहिलो चरण अशक्त, विपन्न, जेष्ठ नागरिक, स्वास्थ्यमा पहुँच नभएका नागरिकको १६७ घरमा पुगेर सेवा दिएको उनले बताए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले बिरामी भएको, बेवारिसे वा असाहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्र पुर्याउने जिम्मा वडा कार्यालयलाई दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: