काठमाडौं । पर्वतका फोटो पत्रकार तथा कालीगण्डकी बचाऊ अभियानका अभियान्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पर्वतका पत्रकारहरूविरुद्ध फेसबुकमा लेखेको आरोपमा साइबर अपराधमा किटानी जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
गिरीले पर्वतका सक्रिय पत्रकारहरू नेता, दलाल, माफिया र तस्करहरूको गोजीमा रहेको भन्दै आरोप लगाएका थिए । उक्त आरोपले व्यक्तिगत जीवनमै असर गरेको भन्दै उनीविरुद्ध पत्रकार गणेश पौडेल, छविलाल तिवारी, सन्तोष थापालगायतले किटानी जाहेरी दिएका हुन् ।
विवाद सुल्झाउन समाधानको उपाय खोजी गरिएकोमा पार नलागेपछि पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यलय पर्वतका डीएसपी मधुसुधन न्यौपानेले नेपाल प्रेसलाई बताए ।
‘केही पत्रकार साथीहरुले नै उहाँविरुद्ध किटानी जाहेरी गर्नुभएको थियो हामीले मौखिकरूपमा समस्या समाधान गर्ने प्रयत्न गर्यौं यद्यपि सो सफल हुन नसकेपछि पक्राउ पुर्जी जारी गरिएको हो । पक्राउ भने गरिएको छैन’, न्यौपानेले भने ।
गिरीले कालीगण्डकीमाथि चलिरहेको गैरकानूनी दमनविरुद्ध मुकदर्शक बनेको भन्दै पत्रकारको भूमिकामाथि प्रश्न उठाउँदै आएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: