Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

नक्कली कागज बनाएर माग्दै हिँड्ने २४ जनालाई झापाबाट भारत फिर्ता

खबरडबली संवाददाता

झापा । झापाकाे बिर्तामोडमा नक्कली कागज बनाएर माग्दै हिँड्ने २४ जना भारतीयलाई प्रहरीले घर फर्काएको छ । राजस्थान घर बताउने उनीहरुलाई पक्राउ गरी भारत फर्काएको हो ।

मङ्गलबार दिउँसो सडक तथा पसलहरुमा विभिन्न बहाना बनाएर माग्दै हिँड्नेको सङ्ख्या बढेको सूचना प्राप्त भएपछि नगर प्रहरीको टोलीसहित खोजतलास गर्ने क्रममा उनीहरुको समूह नै फेला पारेको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले बताए । बसपार्कको एक होटलमा डेरा गरी बसेको फेला पारेपछि उनीहरुलाई नगर प्रहरीले पक्राउ गरी अनारमनी प्रहरीको जिम्मा लगाएको थियो ।

पक्राउ परेकाहरु बसपार्कमा सुनीता शेर्माले सञ्चालन गर्दै आएको मौसम ताप्लेजुङ होटलमा ४ वटा कोठा भाडामा लिएर बस्दै आएको जनाइएको छ । उनीहरुले दैनिक एक हजार ८ सयका दरले भाडा तिर्दै आएका थिए । पक्राउ पर्नेहरु १२ जना बालबालिकासहित २४ जना मागेर गुजारा चलाउने थिए ।

६ महिनाको बच्चासहित नेपाल आएका उनीहरु प्राकृतिक विपत्तिका कारण आफूहरुले घरबार गुमाएकोले सहयोगको अपिल गरिएको कागज बनाएर माग्दै हिँड्ने गरेको पाइएको छ । बिर्तामोडमा चाडपर्व नजिकिएसँगै यस प्रकारका मागेर गुजारा चलाउनेहरुको भीड बढ्ने गरेको पाइएको नगरउपप्रमुख सङ्ग्रौलाले बताए । पक्राउ गरिएका सबैलाई नगर प्रहरीको गाडीमा राखेर काँकरभिट्टाको मेची पुलसम्म छोडिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।

नगरपालिकाले जनसरोकारका विषयलाई ध्यानमा राख्दै बिर्तामोडमा हुने विभिन्न प्रकारका गतिविधिको कडाइका साथ अनुगमन गर्दै आएको नगर उपप्रमुख सङ्ग्रौलाले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending