काठमाडौं । मुलुकभित्रै प्राविधिक व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् ।
सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक एवं प्राविधिक शिक्षा उपलब्ध गराउनका लागि फाउण्डेशन र इन्स्योरेन्स कम्पनीबिच सहकार्य गर्ने सहमति भएको हो ।
सहमति पत्रमा फाउण्डेसनका अध्यक्ष पङ्कज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका थिए । फाउण्डेशनमा सूचना प्रविधि तथा व्यवस्थापने विषयमा स्नातक तह र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले हिमालयन लाईफ ईन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीको रूपमा सहभागी हुन पाउने सहमति भएको छ ।
यसबाट विद्यार्थीहरूले पढाइका साथै रोजगारीको समेत अवसर पाउने फाउण्डेसनका अध्यक्ष जलानले बताए । सहमति अनुसार फाउण्डेसनले एमबिए र एमएससी आईटीएम विषयमा इन्स्योरेन्स कम्पनीको सिफारिसमा ६ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने छ ।
हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कर्णले सामाजिक उत्तरदायित्व अन्तर्गत नि:शुल्क शिक्षा र रोजगारी सिर्जना गर्न लागिएको बताए । सो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने उनको भनाई छ ।
सूचना प्रविधि र व्यावसायिक शिक्षाको विकास र प्रयोग बढेपनि सो अनुसारको दक्ष कामदार पाउन नसकिएकाले आफूहरूले पहल गरेको अध्यक्ष जालानको भनाई छ । सरकारले पछिल्लो समय अङ्गीकार गरेको पढ्दै कमाउँदै नीतिको व्यवहारिक कार्यान्वयनका लागि फाउण्डेसनले पनि पहल गरिरहेको अध्यक्ष जालानले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: