काठमाडाैं । नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराले आँखा पाक्ने रोग (एडिनो भाइरल कन्जंग्टिवाइटिस) का कारण अस्पतालमा आउने बिरामीहरुको नि:शुल्क आँखा जाँच गर्ने भएको छ ।
‘पोखरा महानगरपालिका र यस अस्पतालको बिचमा भएको सम्झौता अनुसार हाल महामारीको रुपमा फैलिरहेको आँखा पाक्ने रोगका कारण अस्पतालमा उपचारका लागि जनरल ओपिडीमा आउने बिरामीहरुको आँखा जाँच गर्न लाग्ने नाम दर्ता शुल्क श्रावण मसान्तसम्म नि:शुल्क गरिएको व्यहोरा जानकारी गराइन्छ’ अस्पतालद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
अस्पतालका बाह्य कार्यक्रम संयोजक सुवास नेपालका अनुसार पोखरा महानगरपालिकासँगको सहकार्यमा अस्पतालले बुधबारदेखि कन्जंग्टिवाइटिसका बिरामीहरुको नि:शुल्क आँखा जाँच गर्न लागेकाे हाे ।
हिमालय आँखा अस्पताल अन्तरगत हाल २७ वटा आँखा उपचार केन्द्रहरु संचालनमा छन् । अस्पतालले बार्षिक १ लाख ५० हजार बिरामीको आँखा जाँच गरि करिब ५ हजार बिरामीको आँखाको शल्यक्रिया गर्दै आइरहेको छ ।
नेपाल नेत्र ज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखामार्फत गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: