Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

साहित्यकार दिलीप योञ्जन तामाङ्गको गीति एल्बम ‘आमा मेरी आमा‘ विमोचन

खबरडबली संवाददाता

काठमाडौं । साहित्यकार दिलीप योञ्जन तामाङ्गद्धारा रचित एल्बम ‘आमा मेरी आमा‘ विमोचन गरिएको छ ।

बुधवार एक कार्यक्रममा बरिष्ठ गीतकार कृष्णहरी बराल , साहित्यकार डा रेनुका सोलु , शुभ मुकारुङ्ग, विश्व बल्भव ,गीतकार तथा गजलकार शितल कादम्बीनी, संगीतकार राजेश थापा लगायत उपस्थित सबै जनाले एक साथ सिडी देखाएर विमोचन गरेका हुन ।

लोकार्पण कार्यक्रमको स्वागत मन्तव्य गीतकार सितल कादम्बेनीले राखेकी थिइन । गीतकार दिलिप योञ्जनले आफ्नी स्वर्गिय माता पासाङ्ग डोल्मी तामाङ्ग प्रति समर्पित भएर रचना गरिएको एल्बममा ७ वटा गीतहरु रहेका छन । मातृस्नेह , जिवन भोगाई, अध्यात्म दर्शन र जागरण भावलाई गीतमा समेटिएको छ ।

साहित्यकार डा रेनुका सोलुले विमोचित एल्बमको समिक्षा गरेकी थिइन । सोलुले साहित्यकार दिलीप योञ्जनले नेपाली साहित्य तथा गीत लेखनको क्षेत्र साथै समाज सेवाको क्षेत्रमा पुर्याएको योगदान अमुल्य रहेको बताइन । आमालाई श्रद्धाञ्जली स्वरुप समर्पण गरिएको गीतमा मातृभुमी र आमाको कर्मबाट आफु सफल भएको कुरा लाई गीतमा समेटिएको बताइन ।

बरिष्ठ गीतकार कृष्णहरी बरालले गीतकार योञ्जनले नेपाली गीत संगीत र साहित्यका विविध विधामा पुर्याएको योगदानलाई आम नागरिकले भुल्न नहुने बताउनु भयो । योञ्जनका हाल सम्म ६ बटा गिती संग्रह बजारमा आएका छन । आगमन , अविरल, अमर, मान्छेको भिडमा , आस्था खोजीरहेको छु , अनुराग जस्ता एल्बमले नेपाली संगीतप्रेमी एवम साहित्य अनुरागी मनहरुलाई आनन्दीत बनाएको उनले बताए । एल्बममा राजेश थापा र डिवी लामाको संगीत रहेको छ । साथै सुरेश लामा , प्रविण बेडवाल , श्रेयसी चेम्जोङ्ग , शुभ तामाङ्ग, सुनिता लो , सुमिना लो र अन्जु लामाको स्वर रहेको छ ।

कार्यक्रममा बोल्दै संगीतकार राजेश थापाले दिलीप योञ्जन आफैमा सशक्त गीतकार रहेको दावी गरे । मौलिक सिंर्जना र नेपाली माटो प्रतिको प्रगाढ स्नेह उनको गीतमा भेटन सकिने दावी गरे । एल्बमका गीतहरु सङ्गीत तथा रेकर्डिङ दौरानको प्रसङ्गबारे बोल्दै संगीतकार थापाले दिलिप योन्जनको शालिनता, परोपकारी भावना र सधै सही र सत्यको मार्गमा अडिग रहने स्वभावबाट आफू अत्यन्तै प्रभावित त नतमस्तक रहेको र यस अघि पनि गीतकार योन्जनको एकल रचना र आफ्नो एकल संगीतमा दुई वटा गिती एल्बम प्रकाशनमा ल्याएको बताए ।

कार्यक्रमका विषयमा गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापाले गीतकार दिलिप योञ्जनद्धारा रचित गीतिसंग्रह विमोचन गर्न पाउँदा आफूहरुलाई निकै खुसी लागेको बताए । कार्यक्रममा साहित्यकार , गीतकारहरु , गायक गायिकाहरुको बाक्लो उपस्थिीती रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending