काठमाडौं । फेरेन्सिक जाँचका लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाइएको मोबाइल नै चोरी भएको छ । बलात्कार आरोपमा पक्राउ परेका उमेश सुनारकाे माेवाइल फेरेन्सिक जाँचका लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) बाट हराएकाे हाे ।
सुनारबाट बरामद भएको मोबाइल परीक्षणका लागि प्रहरीको डीएफएलमा पठाइएको थियो । सोही मोबाइल चोरी गरेको आरोपमा दैलेखको नौमुले गाउँपालिका–४ घर भइ काठमाडौं बस्दै आएका १८ वर्षीय अमृत योगी पक्राउ परेका छन् । उनीविरुद्ध चोरीको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
फरेन्सिक जाँचपछि उक्त मोबाइल डीएफएलमै काम गर्ने प्रहरी जवान सुरज कुँवरले बुझेका थिए । मोबाइल बुझेर फर्कने क्रममा काम विशेषले गृह मन्त्रालयको विपद् व्यवस्थापनमा जानुपर्ने भन्दै असार १२ गते बिहान ११ बजेतिर जवान कुँवरले उक्त मोबाइल सहितको झोला नयाँ बसपार्कस्थित नवज्योति गेष्ट हाउसमा राखेका थिए ।
गृह मन्त्रालयबाट फर्केर आई झोलामा भएको सामान हेर्दा फरेन्सिक जाँच गरेर ल्याइएको २ वटा मोबाइल हराएको थियो । त्यसपछि उक्त होटलमा काम गर्ने योगी पनि फरार भएकाले उनै लगेको हुन सक्ने भन्दै जवान कुवँरले प्रहरीमा चोरीको अनुसन्धान गरी पाउँ भन्दै निवेदन दिएका थिए ।
मोबाइल चोरेर फरार भएका योगीलाई असार ३१ जिल्ला प्रहरी कार्यालय रोल्पाले लिवाङबाट पक्राउ गरेको थियो । चोरी आरोपमा पक्राउ परेका उनलाई चाेरी मुद्दा चलाइएको प्रहरीले जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: