Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

को हुन् सिआइबीले पक्राउ गरेका राजेन्द्र न्यौपाने अर्थात डा.सुनिल शर्मा ?

९ कक्षा फेल भएका न्यौपाने कसरी बने मेडिकल माफिया डा. सुनिल शर्मा ?

खबरडबली संवाददाता

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको हो । 

सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने भन्दै आएका शर्मालाई पक्राउ गरिएकोमा केही कांग्रेसका नेताहरुले आक्राेस व्क्त गरेका छन् । शर्मालाई प्रहरीले गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।

गृह मन्त्रालय स्रोतले भने सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको बताएको छ । स्रोतका अनुसार शर्माविरुद्ध लोकमानसिंह कार्की अख्तियार प्रमुख भएकै बेलादेखिको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा रहेको थियो । सोही मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको बताइएको छ । तर कांग्रेस नेताहरूले भने गृह र अर्थमन्त्रीको आलोचना गरेका कारण प्रतिशोधन साँध्ने हिसाबले शर्मालाई पक्राउ गरिएको आरोप लगाएका छन् ।

किन पक्राउ परे डा. शर्मा 

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई पक्राउ गरिएकोबारे प्रहरीले औपचारिक पुष्टि गर्न नमानिरहेका बेला गृहमन्त्रालय स्रोतले  भने शर्माजस्तै अन्य पनि पक्राउ पर्न लागेको जनाएको छ ।

सांसद शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र  प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको गृहमन्त्रालय स्रोतले बताएकाे छ । यस प्रकरणमा अरु पनि पक्राउ पर्ने  स्रोतकाे भनाइ छ । शर्माको पक्राउमा उनका पछिल्ला अभिव्यक्ति र सुन तस्करी प्रकरणमा मन्त्रीहरूको राजीनामा मागसँग सम्बन्धित नरहेको स्रोतले दाबी गरेकेा  छ ।

भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी निकट एक स्राेतले जानकारी दियाे  । उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए । उनी काठमाडौं मेडिकल कलेज,नोबेल मेडिकल कलेजका सन्चालक पनि हुन् ।

सीआईबीको टोली संघीय संसद सचिवालयतर्फ

सांसद सुनिल शर्मा पक्राउबारे नेपाल प्रहरीले संघीय संसद सचिवालयलाई बिहीबार नै जानकारी गराउने भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली सांसद शर्मा पक्राउको जानकारी दिन संघीय संसद सचिवालयतर्फ गएको सीआईबी स्रोतले जनाएको छ ।

सीआईबीले कीर्ते कागजातमा अनुसन्धानका लागि सांसद शर्मालाई बिहीबार दिउँसो उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको थियो ।  कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परेमा सभामुखलाई तत्कालै जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था अनुरुप सिआइबीकाे टाेली संघीय संसद सचिवालयतर्फ गएकाे बताइएकाे छ ।

९ कक्षा फेल भएका न्यौपाने कसरी भए मेडिकल माफिया डा. सुनिल शर्मा ?

शर्माको पुख्र्यौली घर मोरङ्गको लेटाङ हो । लेटाङमा माध्यमिक तह पढ्दा राजेन्द्र न्यौपाने नाम गरेका उनी त्यहाँ एसएलसी फेल गरेपछि कालीकोट जिल्ला गएका थिए । उताबाट फेरि ९ कक्षादेखि अध्ययन गरेर एसएलसी प्रथम श्रेणीमा पास भएर फर्किदा उनी सुनिल शर्मा भएका हुन् ।

हाल उनी नेपाली कांग्रेस महासमिति सदस्य रहेका छन् । उनलाई नेपाली कांग्रेसले २०७४ मा प्रतिनिधिसभा चुनावमा मोरङ –३ बाट उम्मेदवार बनाएको थियो । उनी तत्कालीन एमाले उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका थिए । कांग्रेसमा उनको सम्वन्ध ०६४ देखि गाँसिएको हो ।

त्यसवेला उनले कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालासँग सम्वन्ध बनाएका थिए । विराटनगरमा नेपाली कांग्रेससँग नजिकको सम्बन्ध बनाएपछि उनले कोइराला निवासमा गाँस, वास र कपास सबै पाएका थिए ।

उनले बासमात्र होइन तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालापुत्री सुजाता कोइरालालाई मोटरसाइकलमा राखेर भारत पुर्याएवापत ‘स्यावासी’ पनि पाएका थिए  । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ मा सत्ता हातमा लिएपछि राजाको कदमबारे विदेशीसँग कुरा गर्न सुजातालाई स्थलमार्ग हुँदै भारत पुराउन शर्माको सहयोग थियो ।

त्यही समयमा विराटनगरका डा. ज्ञानेन्द्र गिरी, नवराज पाण्डे, आदित्य खनाल, रविन दाहाललगायतको समूह नोवेल मेडिकल कलेज सञ्चालन तयारीमा थियो । कलेजका लागि भौतिक पूर्वाधार र टिचिङ फ्याकल्टी व्यवस्था गरेपछि उनीहरूले सम्बन्धनका लागि काठमाडौं विश्वविद्यालयमा आवेदन दिए । सम्बन्ध नमिलिरहेका बेला शर्मा भेटिए ।

भयंकर महत्वकांक्षी शर्माले सुजातालाई गरेको सहयोगको मूल्य नोवेल मेडिकल कलेजको सम्बन्धसँग साटे । शेखर कोईराला मार्फत तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट सम्बन्धन दिलाएपछि सेयरधनी बनेर नोवेलमा भित्रिएका हुन शर्मा ।

२०५९ सालमा स्थापना गर्दा डा. ज्ञानेन्द्र गिरी अध्यक्ष रहेको नोबेल मेडिकल कलेजमा २८ करोड लगानी रहेको थियो । नोबेललाई सम्बन्धन दिलाउने सर्तमा सुनिल त्यसमा १६ प्रतिशत सेयर लिएर छिरेका थिए । डा. कोइरालामार्फत २०६४ सालमा उनले सम्बन्धन दिलाएको समयमै शर्माले गिरीसहित नवराज पाण्डे, आदित्य खनाल, उमेश पाण्डे लगायतलाई अपहरण गरी काभ्रेको कामीडाँडा पुर्याएर मरणासन्न हुनेगरी पिटाएकाे समाचार पनि बाहीरीएकाे थियाे ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईको उपस्थितिमा वर्षमान पुन, सुनील र नोवेलका अन्य साझेदार राखेर प्रचण्ड निवासमा छलफलका लागि विराटनगरबाट उनीहरुलाई काठमाडौं वोलाईएकाे भए पनि एयरपोर्ट छेउबाट २०६४ मंसिर १८ गते डा.गिरी, पाण्डे, आदित्य खनाल, उमेश पाण्डेलाई शर्माले अपहरण गराएका थिए ।

यो घटनापछि सबै सञ्चालक नोबेलबाट अलग भए । त्यसपछि उनले साझेदारका रुपमा विराट अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई भित्र्याएर ५० प्रतिशत सेयर दिए । डा. कार्कीसँग उनको साझेदारी लामो समय टिकेन । त्यसपछि नोवेलमा शर्मा एकलौटी लुट मच्चाई रहेका छन् ।

सँधै चर्चामा शर्माकाे नोबेल

विरामीको उपचार तथा विद्यार्थीलाई शिक्षा दिन खोलिएको मोरङ्गको विराटनगर–५, कञ्चनवारी स्थित नोवेल शिक्षण अस्पतालले आफनो दायित्व पुरा गर्ने क्रममा गर्ने वदमासीका कारण सदावहार चर्चामा रहन्छ ।

यो अस्पताललाई कहिले स्वास्थ्यकर्मीले लापर्वाही गरेर विरामी मारेको आरोप लाग्छ भने, कहिले आर्थिक अपराध गरेको आरोप लाग्छ । कहिले आवश्यक्ता भन्दा वढि विद्यार्थी भर्ना लिएको र कहिले अनावश्यक शुल्क लिएर विद्यार्थीलाई आर्थिक रुपमा कंकाल पारेको आरोप पनि यसै शिक्षण अस्पताललाई लागी रहन्छ । 

अर्बौको सम्पत्ति भएको नोवेलमा अहिले पनि गलत उपचार गराउने, पीडितलाई धम्क्याउने, प्रशासनको आडमा नियन्त्रणमा राख्ने गरेको तथा सुनसरीको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ध्वस्त पारेको आरोप छ । चिकित्सक र कर्मचारीलाई कमिसन ख्वाएर प्रतिष्ठानलाई नोवेलको रिफर सेन्टर वनाएको आरोप पनि शर्मा माथि रहेकाे छ ।

नेपाली कांग्रेससँग नजिकको सम्वन्ध वनाएका शर्माले राजनीति र पैसाको पहुचमा सवै क्षेत्रलाई पैताला मुनी राखेका छन् । नेतालाई पालेको, घुस खुवाएको भरमा उनले जस्तासुकै अपराधवाट पनि उन्मुक्ति पाउँदै आएका छन् । उनलाई १० वर्ष अघि नै मेडिकल काउन्सिललाई झुठो विवरण दिएर करोडौं रुपैयाँ अनियमितता गरेको आरोप लागेको थियो ।

विवरणका आधारमा नोवेल शिक्षण अस्पतालका ४ सय ५० बेड नै गायब गरेका समाचारहरु छ्यासछ्यास्ति भए । असार ०६७ मा अनुगमन गर्न गएको नेपाल मेडिकल काउन्सिलको टोलीले नोवेल मेडिकल कलेज विराटनगरमा ४२० बेड रहेको प्रतिवेदन दिएको थियो । त्यहाँ ६३० बेड थप्ने प्रतिबद्धतापछि शर्माको मेडिकल कलेजलाई एक सय ५० विद्यार्थी भर्नाको अनुमति दिइएको थियो ।

नोवेलले मेडिकल शिक्षामा प्रति विद्यार्थी ४७ लाख ९० हजार लिने गरिएको छ । यो हिसाबले काउन्सिले दिएको अनुमतिका आधारमा उसले त्यस बर्षमात्र ७२ करोड रकम उठाएको थियो, तर सर्त उसले पुरा गरेको थिएन ।

नौ महिनापछि वैशाख ०६८ मा अनुगमन गर्न गएको काउन्सिलको टोलीले ७२१ बेड पुगेको प्रतिवेदन दिएको थियो । करिब एक वर्षपछि असार ०६९ मा गएको अर्को टोलीले अस्पतालमा नौ सय बेड पुगेको जानकारी दिएको थियो । तर, सात महिनापछि प्रा डा विमलकुमार सिन्हाको नेतृत्वमा गएको टोलीले नोवेल मेडिकल कलेजमा ४५० मात्र बेड भेट्टाएको थियो ।

यस हिसाबले ४५० बेड नभएको मेडिकल कलेजले विद्यार्थी भर्नावापत उठाएको रकमले २ सय ५० करोड आर्थिक अपराध गरेको ठहर्छ ।

मापदण्ड नपुगे पनि विद्यार्थी भर्ना गर्न र मेडिकल कलेजको नाममा व्यापार बढाउन यसरी कागजी प्रक्रिया मिलाउने गरिएको त्यसै वखत खुलेको थियो । तत्कालिन छानबिन समितिका अनुसार पूर्वाधार र अध्यापक नहुँदानहुँदै पनि जथाभावी बढाएर नोवेल मेडिकल कलेजलाई सिट दिइयो, खाने भाँडो बनाइयो, चिकित्सा शिक्षाको स्तर खसाल्ने काम गरियो, अधिकारको दुरूपयोग गरियो।

तर, नेपाली कांग्रेस, तत्कालिन नेकपा एमाले र नेकपा माओवादीका उच्च तहका नेतासँगको सम्बन्धका कारण उनले प्रतिवेदनलाई झूठ सावित गराए र आर्थिक अपराध मच्चाए।

‘मेडिकल माफिया शर्माले धरानको बिपी प्रतिष्ठान पनि डुबाए

पुर्वको प्रतिष्ठित र स्वास्थ्य क्षेत्रमा जनस्तरसम्मै वलियो छाप वनाउन सफल भएको सुनसरीको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पछिल्लो समय राजनीतिक अखडा, आर्थिक अनियमितताको केन्द्र र विकृतिको नमुना वनेको छ ।

पछिल्लो समय करिव एक महिनादेखि पठनपाठन, अध्ययन, अनुसन्धान र उपचार सेवामा केन्द्रित हुनुपर्ने विद्यार्थी, चिकित्सक तथा कर्मचारी आन्दोलनमा छन्।  अनियमितताको विषयमा प्रतिष्ठानकै चिकित्सक डा विष्णु पोख्रेल र उपकुलपति डा ज्ञानेन्द्र गिरीका विचमा सुरु भएको विवाद अहिले उत्कर्षमा छ। आन्दोलन पदाधिकारीको राजीनामामा पुगेर अडिएको छ ।

यस्तो छ प्रतिष्ठानको इतिहाँस

तत्कालिन भारतीय प्रधानमन्त्री चन्द्रशेखरको पहलमा प्रतिष्ठानको स्थापना भएको हो । ०४७ साल फागुन ३ गते बिराटनगर आएका उनले संस्था स्थापनामा सहयोग गर्ने वचन दिएका थिए । त्यस लगत्तै प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाको भारत भ्रमणका अवसरमा भारत–नेपाल उच्चस्तरीय कार्यदलले नेपालमा भूतपूर्व प्रधानमन्त्री स्व. विश्वेश्वरप्रसाद कोइरालाका नाममा मेडिकल कलेज स्थापना गर्न सहमति जनायो ।

०४९ माघ ५ गते संसदले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित गर्‍यो र नेपाल तथा भारतका प्रधानमन्त्रीहरुद्धारा १० मार्च १९९४ का दिन प्रतिष्ठानलाई ३५० शैय्याको अस्पताल र ५० जनालाई स्थान दिन सकिने मेडिकल कलेज बनाउन सहमतिपत्रमा हस्ताक्षर भयो । तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले १९ अक्टोबर १९९४ मा ३५० शैय्या अस्पतालको निर्माणको शिलान्यासका साथै एमबीबीएस कक्षा संचालनको शुभारम्भ गरे।

मुलुकका लागि आवश्यक जनशक्तिको उत्पादन गर्दै स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुने उद्देश्यलाई प्राप्त गर्ने क्रममा शुरु गरिएको एमबीबीएस शिक्षण कार्यक्रम हालसम्मा आईपुग्दा एमएमबीबीएसलगायत बीडीएस, बीएस्सी नर्सिंंग, प्रमाणपत्रतह नर्सिंग, व्याचलर अफ नर्सिंग, बीएमएलटी, बीएस्सीएमआईटी र विभिन्न विषयहरूमामा पोष्टग्राजुएट जस्तै एमडीएमएस, एमडीएस, एमएस्सी नर्सिंग, एमपीएच, डीएम/एमसीएच, फेलोसिप इन इमर्जेन्सी मेडिसिन, एमडीएच कार्यक्रमहरूमा पठनपाठन हुने गरेको छ।

अस्पताल सेवातर्फ पनि यस संस्थाले देशमै नाम कमायो। सन् १९९३ जुलाई १६ मा १५० शैय्याको पूर्वान्चल क्षेत्रीय अस्पताललाई पनि प्रतिष्ठानमै गाभियो। नयाँ अस्पताल भवनको निर्माणपछि अस्पतालको क्षमता ६ सय ४६ शैय्या पुगेको छ । यी ६ सय ४६ शैय्यालाई अस्पतालले आवश्यकताका आधारमा विभिन्न रोगका लागि बैज्ञानिक ढङ्गले विभाजन गरेर सञ्चालनमा ल्याएको छ । 

भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थानको मोडलमा स्थापना भएको प्रतिष्ठान शुरूआतमा निर्देशकले नेतृत्व गर्थे। डा मदन उपाध्याय प्रतिष्ठानको पहिलो निर्देशक हुन। त्यसपछि डा।सुन्दरमणि दीक्षित निर्देशक बने। लामो समयसम्म भारतीय स्वास्थ्यकर्मीहरुले पनि प्रतिष्ठानमा काम गरे ।

विभिन्न किसिमका विषेशज्ञहरूको व्यवास्था सहित आधुनिक उपकरणहरू जडानले गरेर अस्पताल सेवालाई प्रतिष्ठानले काठमाडौँ बाहिर सवैभन्दा आधुनिक वनायो। तत्कालिन मेची, कोशी, सगरमाथा र जनकपुर अञ्चललसहित भारतीय क्षेत्रवाट पनि उपचारका लागि सर्वसाधारण आउने गरेका थिए । ब्यवस्थापन तथा भरपर्दो र सर्वसुलभ स्वास्थ्य सेवाका कारण प्रतिष्ठानको प्रगति हुँदै गयो ।

तर, पछिल्लो समय प्रतिष्ठानलाई आफनो साख जोगाउन पनि धौ–धौ परेको छ । प्रतिष्ठानमा विकृति मौलाउनुमा ऐन तथा नियमावलीसहित निजी अस्पताल सञ्चालकहरुसँग साँठगाँठ प्रमुख कारक रहेको जानकारहरु वताउँछन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ र नियमावली, २०५५ वनेपछि उपकुलपतिले प्रतिष्ठानको नेतृत्व गर्ने व्यवस्था गरियो।

ऐनले राजनीतिक रूपमा पदाधिकारी नियुक्ति गर्नसक्ने आधार बनाइदिएको छ। जसले गर्दा क्षमतावान् र विज्ञभन्दा पनि दलका निकट र खर्च गर्नसक्ने व्यक्ति मात्र पदमा पुग्ने गरेका छन्। त्यसरी पदमा पुग्नेहरूले लगानी उठाउने र कमाउने धन्दा गर्दा प्रतिष्ठान धराशायी बनेको हो।

ऐन तथा नियमावलीले अन्य पदाधिकारीका अधिकार खोस्ने अधिकार समेत दिएको छ । अधिकांश विवाद र समस्या यहिवाट सुरु हुने गरेको जानकारहरु वताउँछन्। यो व्यवस्था अनुसार, तत्कालीन प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति गिरिजाप्रसाद कोइरालाले प्रतिष्ठानमा डा शेखर कोइरालालाई उपकुलपतिमा नियुक्त गरे। प्रतिष्ठानमा राजनीतिक आस्थाका आधारमा गरिने नियुक्तिको शुरूआत यहीबाट सुरु भएको पाईन्छ। उनीपछि उपकुलपतिहरू डा।लोकविक्रम थापा, डा पूर्णचन्द्र कर्माचार्य, बाबुराम भट्टराईको पालामा डा बीपी दासलगायत उपकुलपति भए ।

यहाँसम्म आईपुग्दा प्रतिष्ठानमा खुलेआम आर्थिक अनियमितता हुन थाल्यो। मातृ शिशु स्वास्थ्य केन्द्र भवन निर्माण गर्न स्वास्थ्य मन्त्रालयले ७६ करोड लागत स्वीकृत गरेकोमा डा दासले २ अर्ब १८ करोड बनाए। ६ पटक बोलपत्र संशोधन गरी २ अर्ब १७ करोड ६० लाखमा ठेक्का लगाईयो। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्न थाले।

अंकोलोजी र मुटु रोग उपचार केन्द्र (कार्डियोलोजी) भवन निर्माण नहुँदै मेडिकल उपकरण, सेक्युरिटी गार्डका नाममा अनियमितता भयो ।

त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार र नेपाली कांग्रेसका नेता गगन थापा स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति हुँदा रेडियोलोजी विभागका प्रमुख डा।राजकुमार रौनियारलाई उपकुलपति वनाइयो।

उनले डा दासकै शैलीमा काम गरे। अनियमितता ब्यापकता पाएपछि सरकारले ०७५ केदारबहादुर अधिकारीको नेतृत्वमा छानबिन समितिले वनायो । समितिले डा.दास र डा. रौनियारले व्यापक अनियमितता गरेको प्रतिवेदन बुझाएको थियो। उक्त मुद्दा अहिले पनि टुंगिएको छैन ।

नोवेलको जग वसेपछि प्रतिष्ठानको जग हल्लियो

विपी कोईराला स्वास्थ्य विज्ञा प्रतिष्ठान यो अवस्थामा आउनुमा मोरङ्गको विराटनगर–५, कञ्चनवारी स्थित नोवेल शिक्षण अस्पतालका सञ्चालनक सुनिल शर्मा पनि एउटा प्रमुख कारण हुन् ।  सन २००४ (२०६१ साल) मा काठमाण्डौं विश्वविद्यालयसँग नोवेलले सम्वन्धन लिएपछि प्रतिष्ठानको अधोगति सुरु भएको त्यस क्षेत्रका जानकारहरु वताउँछन् ।

शर्माले प्रतिष्ठानका चिकित्सक र कर्मचारीलाई प्रभाबमा पारेर आफ्नो ब्यापार प्रबद्र्धन गरेको उनिहरुको भनाई छ । शर्माकै सेटिङ्गमा त्यहाँ लापरबाही गर्ने र आईसियु, एनआईसियु चाहिने जटिल प्रकारका विरामी नोवेलमा रिफर गर्ने क्रम सुरु भयो ।

त्यसो गरेवापत चिकित्सकसहित एम्वुलेन्स चालकहरुलाई समेत कमिसन दिने गरेको उनिहरु दावी गर्छन। धेरै बिल उठ्ने रोगिहरु रिफर गरेवापत ५ हजार देखि १० प्रतिशतसम्म कमिसन दिने गरिएको छ । एम्वुलेन्स चालकले न्यूनतम ५ सय रुपैया पाउने गरेको बताईन्छ ।

यसैक्रममा उपकुलपति डा. रौनियार अख्तियारमा तानिएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले डा. ज्ञानेन्द्र गिरीलाई उपकुलपति नियुक्त गर्यो । डा.गिरी कांग्रेस निकट मानिन्छन ।  विराटनगरमा सुनिल शर्मासँग मिलेर ‘नोबेल मेडिकल कलेज’ सञ्चालन गर्नेमा उनी पनि एक हुन । पछि योजना अनुसार नै उनी विराट मेडिकल कलेजमा सरे।

शर्मालाई २०७४ को संसदीय चुनावमा कांग्रेसले मोरङबाट टिकट दियो। तर गिरी उनको पछि लागेनन्। शुनिल शर्माको योजना अनुसार नै उनले एमाले उम्मेदवार भानुभक्त ढकालको प्रचार गरे। शर्मा र ढकाल जो जिते उनले आफनो ‘दुवै हातमा लड्डु’ देखे । र सल्लाह अनुसार ढकालतिर लागे । ओली सरकारमा ढकाल स्वास्थ्यमन्त्री बनेसँगै अन्य योग्य उम्मेदवारलाई पन्छाएर डा.गिरीलाई उपकुलपति नियुक्त गराइयो ।

उनी उपकुलपति भएपछि प्रतिष्ठान झनै अस्तव्यस्त बन्यो। शर्माको सम्पर्क प्रत्यक्ष गिरिसँगै भएपछि उनको ब्यापार ‘दिन दुई गुणा, रात चार गुणा’ ले वढिरहेको छ। प्रतिष्ठानका उपकरण बिगारेर बिरामीलाई नोवेलमा पठाउने गरिएको त्यहाँका स्वाथ्यकर्मी र कर्मचारीहरु नै वताउँछन् । प्रतिष्ठानमा भएका सामान्य उपकरण मर्मत नगर्ने, खरीद नगर्ने, तर ठूलाठूला भवन बनाउन हतार गर्ने गरिएको छ ।

प्रक्रिया विना नै कोभिड–१९ अस्पतालका सामान खरीद ठेक्कादेखि गुणस्तरहीन सामान तथा कतिपय सामान आपूर्ति नै नगरी झ्वाम पारेको गिरीमाथि आरोप छ । कोभिड–१९ महामारीको दोस्रो लहर उत्कर्षमा पुगेका वेला विग्रिएको अक्सिजन प्लान्ट मर्मत गर्न उनले अक्सिजन प्लान्टको पैसा लिएर चार वर्ष काम नगरी भागेका ठेकेदारलाई जिम्मा दिनुले पनि गिरीको नियत प्रष्ट पार्ने हाल आन्दोलरत स्वास्थ्यकर्मीहरुको भनाई छ।

डा.गिरीले प्रतिष्ठानका दक्ष जनशक्ति नोवेल र झापाको विएण्डसी अस्पतालमा पठाएको आरोप समेत लाग्ने गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending