काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सचेतनालाई प्रभावकारी बनाउनुपर्ने बताएकी छन् ।
कम्प्युटर एशोसिएशन नेपाल महासंघ, सूचना तथा सञ्चार प्रविधिमा महिला समितिका पदाधिकारी तथा सदस्यहरुसँगको भेटमा उनले साइबर सुरक्षाको सवाल संवेदनशील भएकाले यसमा सचेतनालाई प्रभावकारी बनाउनुपर्ने बताएकी हुन् ।
सरकारले चालु आर्थिक बर्षको बजेटमा डिजिटल साक्षरताका कार्यक्रम अघि सारेको जानकारी दिंदै उनले मन्त्रालय माताहतका अन्य निकायबाट पनि यस्ता कार्यक्रम अघि सारिएको बताइन् । नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति जारी गरिएको सन्दर्भ उल्लेख गर्दै मन्त्री शर्माले साइबर सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताइन् ।
साइबर सुरक्षाका लागि निरन्तर अनुगमन गरी सुरक्षित अनलाइन स्पेस निर्माण गर्नुलाई पनि साइबर सुरक्षा नीतिको रणनीति बनाइएको उल्लेख गर्दै मन्त्री शर्माले महिला, बालबालिका वा लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिका विरुद्ध लक्षित अनलाइन सेवाहरुलाई निषेध गर्ने नीति लिइएको जानकारी दिईन् । इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगमार्फत हुने विभिन्न प्रकारका हिंसा एवं विभेद अन्त्य गर्ने पनि नीतिको उद्देश्य रहेको स्पष्ट पारीन् ।
सूचना प्रविधि क्षेत्रमा बिपन्न वर्गको पहुँच स्थापित गर्न विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा छात्रवृत्तिको व्यवस्था गरिएको स्पष्ट गर्दै मन्त्री शर्माले यसमा महिलालाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् ।
क्यान महासंघ, सूचना प्रविधिमा महिला समितिले ज्ञापनपत्र बुझाउँदै सूचना प्रविधिमा महिला सहभागिताको महत्वबारे सचेतना कार्यक्रम चलाउनुपर्ने, मेन्टरशीप र नेटवर्किङका अवसर उपलब्धि गराउनुपर्ने, विविधता र समावेशीकरणलाई प्रवर्धन गरी महिलाका लागि अवसर विस्तार गर्नुपर्ने माग राखेको थियो ।
सरकारी विदालय पढेका, आयस्रोत कमजोर भएका, दुुर्गम क्षेत्रका महिला सदस्यलाई छात्रावृत्ति प्रदान गरी मानव संशाधन विकास गर्नुपर्ने, महिला केन्द्रित प्राविधिक समुदायहरुसँग सहकार्य बढाउनुपर्ने, भाषा, कनेक्टिीभिटी र सरकारी वेबसाइटहरुलाई समावेशी र अपांगतामैत्री बनाउनुपर्ने, साइबर अपराध न्यूनीकरण गर्नुपर्ने, डिजिटल वित्तीय साक्षरतामा जोड दिनुपर्नेलगायतका माग समितिले राखेको थियो ।
कार्य समिति सदस्य तथा सूचना तथा सञ्चार प्रविधिमा महिला संयोजक रिना श्रेष्ठले मन्त्री शर्मालाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: