खोटाङ। खोटाङमा वन कर्मचारीकै मिलेमतोमा खयर कटान भएकमो छ । तस्करले प्रतिबन्धित खयर काटेर ट्याक्टरमा लाँदै गरेको अवस्थामा पक्राउ गरी वन कार्यालयलाई जानकारी गराएउँदा कर्मचारीकै मिलेमतोमा खयर कटान भएको खुलेको हाे ।
स्थानीय आमासमुहले तस्करले कटान गरेको खयर लग्दै गर्दा वन कार्यालयमा जानकारी गाएका थिए । तर वनका कर्मचारीले उल्टै स्थानीय आमा समूहलाई धम्की दियो । आमाहरू झस्किए अनी भने कर्मचारीकै मिलेमतो रहेछ । नत्र कसरी हामी माथि जाइ लाग्ने हामीले जानकारी गराउँदा समेत किन काठ समातेको भन्दै उल्टै धम्की दिनुलेनै प्रस्ट मिलेमतो भएको बुझिन्छ आमा समूहका अध्यक्ष सुमित्रा दाहालले बताइन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित खोक्सेली सामुदायिक वनमा अवैध रुपमा खयर कटनी गरेर ट्याक्टरमा लाँदै गर्दा खयरका काठ स्थानीय आमा समूहले रोकेको छ । बुधवार राती स्थानीय कुन्तादेवी आमा समूहले रोकेको हो । राती करिब ८ बजे ट्याक्टरमा हालेर जादै गरेको खयरका काठ जफत गरिएको समूहका अध्यक्ष सुमित्रा दाहालले बताइन् । ‘हाम्रो सामुदायिक वनमा खयर काटिएको छ भन्ने सुनेका थियौँ ।
बुधवार राती खानेपानी जोड्न आमा समूह भित्रकै सदस्यहरू लोक माया दाहाल, सुमित्रा दाहाल, दिलकुमारी भुजेल र म गएका थियौँ । अध्यक्ष दाहालले भन्नुभयो, सोही समयमा ट्याक्टरले खयर लिएर आउँदै गरेको देखेपछि रोकेका हौँ । त्यसपछि सबै तिर हल्ला भयो, स्थानीय सबै आउनुभयो ।’ यस अगाडी पनि विना अनुमति खयरको कटान हुनु र ढुवानी हुँदा समेत कुनै चेकजाँच नहुनेले कर्मचारीको मिलेमतो विना यस्तो काम गर्न सम्भव नहुने स्थानीयको आरोप छ ।
प्रहरीले थाहा पाए भने समस्या हुने भन्दै खयरको काठ बोकेको ट्याक्टर रोकिएपछि काठ छाडेर गएको उनीहरूको भनाई छ । बिहीबार गएर सामुदायिक वनमा हेर्दा करिब ६० बोट खयर काटिएको स्थानीयले बताएका छन् । जफत गरिएको खयर हाल बडहरेस्थित गरिबी निवारण संस्थाको भवनमा राखिएको छ ।
वनका कर्मचारीलाई जानकारी दिँदा फोनबाटै धम्की दिएको उनीहरूको भनाई छ । फोनबाट कर्मचारीले समात्ने भए काट्दै गर्दा पक्रिनु पर्थ्यो, यसरी लैजाँदै गर्दा किन समातेको काठ भन्दै थर्काएको बताए ।
शव डिभिजन कार्यालय हलेसीका प्रमुख राम सागर मण्डल जिल्ला बाहिर रहेकाले आएर काठको विषयमा अनुगमन गर्ने बताए । खयर कटनी सम्बन्धी कसैले पनि कटानी आदेश नलिएको उनले स्पष्ट पारे । अनिलकुमार राईले खयर काटेको स्थानीयले बताएका छन् ।
अवैध रूपमा कटान गरी लाँदै गएको दुई ट्याक्टर खयर आमा समूहले समाएका छन् भने यस अघि पनि खयर कटान भएको स्थानीयको भनाई छ । यस अघि डिकुवाको खयरको काठ अर्जुन बस्नेतले कटान गरेको वडाध्यक्ष देवेन्द्र राईले बताए । यसरी खयर कटान हुनु अनि ढुवानी हुनुमा सम्बन्धित निकायको पनि मिलेमतो हुनसक्ने उनको आरोप छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: