उदयपुर । लगातारको वर्षाका कारण पहिरो जाँदा मदन भण्डारी राजमार्ग अवरुद्ध भएको छ । तीन दिनदेखि परेको पानीले उदयपुरको उदयपुरगढी गाउँपालिका ५ मौवासीमा पहिरो जाँदा आइतबार बिहानैदेखि सडक अवरुद्ध भएको हो।
मौवासी खोलाको पुल सूचारुसँगै सडक फराकिलो बनाइ कालोपत्रे बनाउनसाथ माथिबाट पहिरो बगेको लोकमार्गको आयोजना कार्यालय गाईघाटका प्रमुख डिई गोपालप्रसाद खकुरेलले बताए। आइतबार बिहान ३ बजे गएको पहिरोले लोकमार्गको पचास मिटर सडक पुरेको स्थानीयले बताएका छन्।
अवरुद्ध सडक सुचारु गर्न जेसिवी र लोडर प्रयोग गरिएको र बिहानैदेखि गएको पहिरो खुलाउन जिल्ला प्रहरी कार्यालय र स्थानीयको सहायता लिए पनि लगातारको वर्षाका कारण समस्या भएकोबताए ।
जेसिवी र लोडेर परिचालन गरिए पनि पानी नरोकिएकाले सम्भव नभएको उनले बताए । जति सफा गर्यो उत्ति नै माथिबाट पहिरो बगेको कारण मौसममा सुधार हुनसाथ केही सहज हुने उनको भनाइ छ ।
सहजरुपले काम गर्न ट्राफिक प्रहरीको सहायतामा अहिले गाईघाट र कटारीबाट सडक ड्राईभर्सन गरिएको बताउँदै उनले पानी रोकियो भने सम्भवत बेलुकासम्म एकतर्फी सडक सुचारु गर्ने गरी काम गर्ने बताए ।
सडक अवरुद्ध भएसँगै गन्तव्यमा हिंडेका यात्रुहरु अलपत्र परेका छन् भने केही सवारी साधन फर्केर बैकल्पिक सडक प्रयोग गर्न थालेका छन् । अवरुद्ध सडक तत्काल सुचारु नहुने भएपछि पूर्व र पश्चिमबाट छुटेका लामो तथा छोटो दुरीका सवारी साधनलाई गाईघाट र कटारीबाटै महेन्द्र राजमार्गबाट पठाउने व्यवस्था मिलाइएको उनले बताए।
सडक कालोपत्रे गर्ने क्रममा भित्ताको भागको रकहरु कमसल देखिएका र कालोपत्रे गरेर रोकथाम गर्न वालहरु लगाउने तयारी गर्दा गर्दै पहिरो गएको उनको भनाइ छ । दुई दिन अघि पनि सोही ठाउँमा पहिरो गएपछि राती १ बजे आयोजना कार्यालय र त्रियुगा नगरपालिकाको जेसिवीले सफा गरी सडक सुचारु गरिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: