काठमाडौं । प्रधानमन्त्री प्रचण्ड खराब मौसमका कारण चितवनमा अड्किएका छन् । चितवनबाट उनी आज दिउँसो काठमाडौं आउने र मन्त्रीहरू हेरफेर टुगो लगाउने तयारी थियो ।
आजै माओवादीको भागमा परेको एक मन्त्रालयबाट मन्त्रीलाई फिर्ता बोलाएर जनमत पार्टीलाई सरकारमा सहभागी गराउने प्रचण्डको तयारी भइरहेको भए पनि प्रचण्ड चितवनमा रोकिएपछि मन्त्री हेरफेर आजलाई टर्ने अवस्था देखिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवालयलाई मन्त्रीहरूको हेरफेरको विषयमा तयारी गर्न निर्देशन पनि दिएका थिए । चितवनबाट आइतबार फर्किएलगत्तै मन्त्रीहरू हेरफेर गर्ने प्रधानमन्त्रीको भनाइ थियो । तर, प्रधानमन्त्री प्रचण्डले मन्त्री को–को बनाउने र कसलाई हटाउने भन्ने चाहिँ सचिवालयलाई सुइको दिएका छैनन् । त्यसैकारण सचिवालयले पनि आफ्नो सक्रियाता बढाएको छैन र राष्ट्रपति कार्यालयलाई पनि जानकारी गराएको छैन ।
माओवादीले एक मन्त्री फिर्ता गरेर आफ्नै पार्टीको अर्को नेतालाई मन्त्री बनाउने चर्चा पनि चलेको छ । माओवादी नेताहरूका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीलाई फिर्ता बोलाउने चर्चा रहेको छ । तर, अहिलेसम्म दुवैलाई जानकारी भने गराइएको छैन । मोदीलाई फिर्ता बोलाएर जनमतलाई भित्र्याउने प्रचण्डको तयारी रहेको निकट स्रोतले बतयो ।
पर्यटनमन्त्री किरातीको सन्दर्भमा अहिलेसम्म टुंगो लागेको छैन । किरातीलाई फिर्ता बोलाए नुवाकोटका हितबहादुर तामाङलाई मन्त्री बनाउन सकिने स्रोतको भनाइ छ । प्रचण्डले तामाङलाई मन्त्री बनाउने वचन पहिला नै दिइसकेका छन् ।
मन्त्रीहरू हेरफेर हुँदा आफ्नो तर्फका मन्त्री फिर्ता बोलाइएमा मन्त्री बनाउन वचन दिएको तामाङले निकटहरूलाई बताउने गरेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले तामाङलाई संकेत भने गरिनसकेको बताइएको छ ।
त्यसैले, किरातीको हकमा अहिले नै के निर्णय हुँदैछ, त्यसमा भने प्रस्ट भइसकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: