लमजुङ । हिमाली जिल्ला मनाङ पुग्ने बेंसीसहर–चामे सडक क्षतविक्षत भएको छ । केही दिनदेखिको वर्षाले बाढीपहिरो चल्दा सडक क्षतविक्षत भएको हो ।
बाढीपहिरोले सडक भत्काउनुका साथै बगाउँदा सडक अवरुद्ध भएको छ । लमजुङ सदरमुकाम बेंसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर सडकमध्ये लमजुङ खण्डको ३५ किलोमिटरमा बढी समस्या भएको राष्ट्रिय वाणिज्य बैंक चामे शाखामा कार्यरत रञ्जित लामाले बताए ।
लमजुङ खण्डको बेंसीसहर नजिकै खरखरे, मर्स्याङ्दी गाउँपालिकाकाले च्याम्चे, रामबजार आसपासमा दैनिक पहिरो खस्ने गरेको छ । मनाङतर्फ सिरानताल–निगालोघारीमा पहिरो चल्ने गरेको छ । बाढीपहिरोले बेंसीसहरदेखि चामेसम्मको यात्रा निकै कठिन रहेको उनको भनाइ छ ।
डुम्रे–बेंसीसहर–चामे सडक योजनाका इन्जिनियर पुरुषोत्तम अधिकारीका अनुसार सबैभन्दा बढी खरखरे पहिरोले समस्या बनाएको छ । रामबजार र च्याम्चेमा पहिरो जाने गरेको छ । मनाङ खण्डको निगालोघारी–सिरानतालमा पनि पहिरो जाने गरेको छ ।
उनले पहिरोमा सडक खुलाउने गरिए पनि फेरि पानी परेपछि पहिरो जाने गरेको बताए । उनले शनिबार खरखरे र सिरानताल–निगालोघारीमा पहिरो गएको र खुलाउने प्रयास भइरहेको बताए ।
मनाङका प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलका अनुसार वर्षाका कारण बाढीपहिरो हुँदा बेंसीसहरदेखि चामेसम्मको यात्रा कठिन हुने गरेको छ । प्रायः लमजुङतर्फको पहिरोले बाटो अवरुद्ध हुने गरेको उनले बताइन् । मनाङतर्फ स–साना पहिरो रहेको र ती पहिरोमा एक–आधा घन्टामा खुल्ने बताउँदै मुख्य समस्या लमजुङको खरखरे रहेको उनले बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: