Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

गाउँ छाडेका सबैकाे अनुभव एकदिन विद्यालयलाई

खबरडबली संवाददाता

ओखलढुंगा  । पछिल्लो समय कतिपय स्थानीय तहका जनप्रतिनिधिहरु जनतामाझ लोक प्रिय बन्दै गएका छन् । जनताको घरघरमा सेवा प्रवाह देखी समाजिक कामले जनप्रतिनिधिहरु जनताको मनमनमा बस्न सफल भएका हुन् । 
यस्तै उदाहरणिय बनेका  छन् ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हेम बहादुर सुनुवार ।  उनको यो दोस्रो कार्यकाल हो पहिलो कार्यकालमा पनि जनताको घरघरमा पुगेर सेवा गर्दे आएका सुनुवारको दोस्रो कार्यकालमा पनि जनताको सुखदुखका साथी बनी रहेका छन् । उनी आफ्नो वडामा अफ्ट्यारो पर्दा बिरामी बोक्न देखी जनता सँगसगै हरेक काम गरी रहेका हुन्छन् ।

पर्यटन प्रवर्धनमा वडामा भएका  स्थलहरुको पहिचान गरीगाउँपालिका तथा प्रदेशर संघिय सरकारलाई घचघच्याउने काम पनि गरी रहेका छन । गाउँपालिकाकै पर्यटकीय सथान सेफ्ली झरना पनि यही वडामा रहेकाे हुँदा अन्य स्थानकाे पहिचान र प्रवर्धनमा उनी लागी परी रहेका छन् । 

पछिल्लो समय उनले वडामा एक उदाहरणिय निर्णय गरेका छन् । मोलुङ– ७ पात्लेको शिक्षा समितिको बैठक राखि उनले आफु नउठे अरु नउठ्ने भन्दै वडाबासीलाई आफ्नो अनुभव एक दिन विद्यालयलाई भन्ने नारा अघि सारेका छन् ।

आफ्नो अध्ययन सकि गाउँ छाडेका जोकोहीले पनि आफ्नो अनुभव एकदिन विद्यालयलाई दिनु पर्ने निर्णय गरीएको उनले बताए । हरेक क्षेत्रमा काम गर्ने सबै वडा बासीले गाउँमा रहेका दुई माध्यमिक विद्यालयमा आफ्नो अनुभव विद्यार्थीलाई सुनाउनु पर्ने र उनीहरुबाट विद्यार्थीले केही सक्निे हुँदा विद्यार्थीलाई भविष्यको बाटो रोज्न सजिलो हुने भएकाले यो निर्णय गरीएको बताए । 

विशेष गरेर मोलुङ गाउँपालिकाको वडा नं. ७ को पात्लेका स्थानीय अधिकांश पर्यटन व्यवसायमा रहेका हुँदा पनि विद्यार्थीलाई उनीहरुले आफ्नो अनुभव सुनाउँदा पर्यटन क्षेत्रमा साना नानीहरुको पनि आकार्षण बढ्ने उनको भनाइ ।  
साथै वडामा रहेका स्थानीय कर्मचारी, शिक्षक, जनप्रतिनिधि र विद्यालय व्यवस्स्थापन समितिका सदस्यहरुले आफ्ना छोरा छोरीहरुलाई अनिवार्य सामुदायिक विद्यायलयमा अध्ययन ग।राउनु पर्ने नियम पनि लागु गरीएको सुनुवारले बताए । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending