काठमाडौं । काठमाडौंको बल्खुमा २०७४ पुस ३० गते अपरान्ह ५० वर्षीया अप्सरा भनिने नारायणी तिमल्सिना शरिरमा चोट लागेको अवस्थामा मृत भेटिएकी थिइन् । तर हत्याराको पत्तो लागेन । प्रहरीले मृतकको साथबाट बरामद भएको मोबाइलका आधारमा उनको हत्या धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थायी घर भएका ४६ वर्षीय शिवराम अधिकारीले गरेको निष्कर्ष निकालेको थियो ।
झन्डै ६ वर्षअघि काठमाडौंमा भएको एक हत्यामा संलग्न व्यक्ति शिवराम यतिबेला केन्द्रीय कारागार सुन्धारामा भेटिएका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थायी घर भएका ४६ वर्षीय शिवराम अधिकारी केन्द्रीय कारागार सुन्धारामा भेटिएका हुन् । तर, उनी हत्याको घटनामा सजाय पाएर भने जेल परेका होइनन् । चोरी गर्दा गर्दे पक्राउ परेका उनी परिचय बदलेर अर्जुन अधिकारीको नाममा कारागारमा भेटीएका हुन् ।
त्यसयता प्रहरीले शिवरामको खोजी गरिरहेको थियो । तर, परिवारले घटना भएको दिनदेखि शिवराम सम्पर्कबाहिर रहेको बताउँदै आएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त घटनाको फलोअप गर्दै हालै शिवरामको परिवार बस्ने घर पुगेर सोधखोज गरेको थियो ।
यस क्रममा शिवरामकी श्रीमतीको केन्द्रीय कारागारमा कसैसँग नियमित सम्पर्क भएको पाइएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उनको सम्पर्कमा रहेका व्यक्ति अर्जुन अधिकारी भएको पुष्टि भयो । तर, गहिरो अनुसन्धानपछि प्रहरी नै जिल्ल पर्यो । हत्या अभियुक्त शिवराम नै अर्जुन अधिकारीका नाममा जेल सजाय भोगिरहेका रहेछन् ।
प्रहरीका अनुसार पक्राउबाट जोगिनका लागि हत्यापछि शिवरामले आफ्नो परिचय फेरेका थिए । घटनापछि उनी चोरी गर्दागर्दै समातिए । प्रहरीलाई उनले आफ्नो नाम अर्जुन अधिकारी बताएका थिए । चोरी मुद्दामा अदालतले तीन वर्ष जेल सजाय सुनाएपछि शिवराम केन्द्रीय कारगारमा सजाय भुक्तान गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: