वरिाटनगर । जिल्ला कारागार मोरङमा कैदीबन्दीका लागि उपलब्ध गराइएको रासनको चामल कर्मचारीकै संलग्नतामा बिक्री हुने गरेको पाइएको छ । उपलब्ध भएको चामल कारागारकै कर्मचारीका संलग्नतामा कारागार बाहिर बिक्री हुने गरेको आशंकामा कारागार प्रशासनले छानविन प्रक्रिया अघि बढाएको हो ।
कारागार प्रशासनले दैनिक प्रत्येक कैदीका लागि ७ सय ग्राम चामल र ८० रुपैयाँ उपलब्ध गराउँदै आएको छ । कारागारमा कैदीका लागि दिइने गरेको रासन कारागार बाहिर बिक्री हुने गरेको गुनासो आएपछि छानविन अघि बढेको कारागारका जेलर कृष्ण खड्काले जानकारी दिए । नेपाल खाद्य संस्थानबाट कान्छी मन्सुली चामल कैदीलाई उपलब्ध हुँदै आएको छ । पछिल्लोसमय कैदीहरुबाट स्टोरमा राखिएको चामल बिक्री हुने गरेको गुनासो आएको उनको भनाइ छ ।
दस दिनका लागि कैदीलाई एकैपटक चामल वितरण हुने गरेको बताउँदै जेलर खड्काले कैदीलाई चामल राख्नका लागि कारागारमा स्टोर बनाइएको जानकारी दिए । कारागारमा कैदीले पाउने चामल सट्टापट्टा समेत हुने गरेको र यसमा प्रशासनले पनि सहजीकरणको भूमिका निर्वाह गरेको पाइएको हो । कारागारभित्रको चामल बाहिर बिक्री हुने गुनासोसँगै प्रक्रिया पूरा नगरी स्टोरबाट कर्मचारीले चामल बाहिर लैजान खोजिएको पाइएको उनले बताए।
यसक्रममा कारागारकै कार्यलय सहयोगी शिवचरण सिंह शंकास्पद भूमिका देखिएका पनि उनले बताए । विगत २ दशकदेखि सिंह निरन्तर कारागारमा करार सेवामा कार्यरत रहेका छन् । कारागारमा प्रतिबन्धित बस्तुसमेत पुराउने गरेको आरोप लागेका सिंहलाई साउन २४ गतेदेखि नै छानविन प्रक्रियामा अघि बढाइएको जेलर खड्काले बताए । सिंहले भने रासन बिक्री गर्ने गतिविधिमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: