बाँके । शमशेरगञ्ज सव डिभिजन वन कार्यालय बाँकेले लोपोन्मुख प्रजाति सतिसाल र सादनको बिरुवा उत्पादन गरी जिल्लाका विभिन्न स्थानमा बासस्थान वृद्धिका लागि वृक्षरोपण सुरुवात गरेको छ ।
गत आर्थिक वर्ष २०७९र८० मा मात्रै कार्यालयले सतिसालका करिब २५ हजार र सादनको करिब २० हजार बिरुवा उत्पादन गरी जिल्लाका विभिन्न स्थानमा वितरण तथा वृक्षरोपण सुरुवात गरेको कार्यालयका सहायक वन अधिकृत सुशील सुवेदीले बताए ।
सहायक वन अधिकृत सुवेदीका अनुसार डाँले घाँस, कृषि औजार, फर्निचरका लागि अत्यधिक दोहन तथा हात्ती, चित्तल जस्ता जनावरले यी प्रजातिका घाँस अत्यधिक रुचाउने भएकाले वृक्षरोपण गरिएको हो । यी प्रजातिहरुको संरक्षण गर्न, यिनको प्राकृतिक बासस्थानको बढाइ बंशाणुगत विविधता ल्याउन डिभिजन वन कार्यालय बाँकेले यो वृक्षरोपण गरेको उनको भनाइ छ ।
सतिसाल र सादन बाँके जिल्लाको राष्ट्रिय निकुञ्जको कोर क्षेत्र र मुगुवा खोला किनारका क्षेत्रमा मात्र सीमित छ । पहिले प्रशस्त पाइने यो प्रजाति विस्तारै लोपहुँदै गइरहेकोमा डिभिजन वन कार्यालय बाँकेले सो प्रजातिको संरक्षण प्लट स्थापना गरेको सहायक वन अधिकृत सुवेदीले बताए ।
यो वर्ष यी दुवै प्रजातिको राम्रो बीउ वर्ष भएका कारण प्रशस्तै बीउ सङ्कलन गरी बिरुवा उत्पादन गरिएको र उत्पादित बिरुवालाई बाँकेको बैजनाथ, खजुरा, राप्तीसोनारी गाउँपालिका सम्भावित बासस्थानमा रोपण गरिएको उनले बताए ।
साथै जाजरकोट, डडेलधुराबाटसमेत यी प्रजातिको माग आइरहेको हुँदा सो स्थानमा पनि यी प्रजातिको बासस्थान विस्तार गरिने योजना रहेको सहायक वन अधिकृत सुवेदीले बताए । यी प्रजातिका अलावा सव डिभिजन वन कार्यालयले बकाइनो, शिरिष, सागवान, काभ्रो, अमला, सेतो चन्दनलगायतका उपभोक्ताले माग गरेका बिरुवा करिब एक लाख गोटा उत्पादन गरी वितरण गर्दै आएको छ ।
उत्पादित बिरुवा निजी तथा सार्वजनिक जग्गा, सामुदायिक वन क्षेत्र, धार्मिक वन क्षेत्र, मध्यवर्ती वन क्षेत्र लगायतमा रोपण गरिएको छ । वन परियोजना तथा लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा बिरुवा उत्पादनका गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: