Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने सिटिजन्स बैंकका सात कर्मचारी प्रहरी फन्दामा

खबरडबली संवाददाता

काठमाडौं । सिटिजन्स बैंकका सात कर्मचारी बढुवा हुन खोज्दा पक्राउ परेका छन् । उनीहरु अधिकृत स्तरको तहमा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा पक्राउ परेका हुन् । 

सिटिजन्स बैंकका थप एक जना कर्मचारी पक्राउ परेका छन्। प्रहरीले बिहीबार बैंकका कर्मचारी दलबहादुर पुनलाई पक्राउ गरेको हो । यो सँगै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा हुन खोज्ने सिटिजन्स बैंकका पक्राउ पर्ने कर्मचारीको संख्या सात पुगेको छ । प्रहरीका अनुसार पक्राउ परेका सबैले प्रविणतापत्र तह पास गरेर सहायक स्तरमा बैंकका प्रवेश गरेका थिए । 

अधिकृत स्तरको तहमा बढुवा हुनका लागि उनीहरुले पेस गरेको स्नातक तहको प्रमाणपत्र नक्कली भएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु कोहीले भारतको दिल्ली तथा हिमाञ्चल लगायतका प्रदेशका विश्वविद्यायको नाममा नक्कली शैक्षिक प्रमाणपत्र बनाइएको पाइएको छ। 

भारतमा अध्यन गरेको प्रमाणपत्र नेपालमा त्रिभुवन विश्वविद्यालयले इक्यूभ्यालेन्ट गरेपछि मात्र वैधानिक मानिन्छ । तर उनीहरुले उक्त इक्यूभ्यालेन्टसमेत नक्कली बनाएको पाइएको छ । अधिकृत स्तरको तहमा बढुवाका लागि उनीहरुले पेस गरेको प्रमाणपत्रमा शंका लागेपछि बैंकले त्रिभुवन विश्वविद्यालयमा पुष्टिका लागि पठाएको थियो। 

त्रिभुवन विश्वविद्यालयले जाँच गर्दा प्रमाणपत्र र इक्यूभ्यालेन्टसमेत नक्कली बनाएको पाएपछि बैंकलाई जानकारी गराएको थियो। त्यसपछि बैंकले छानबिनका लागि प्रहरीलाई पत्राचार गरेको थियो । 

यसअघि यो प्रकरणमा ६ जना बैंकका कर्मचारी पक्राउ परिसकेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो ।

यसअघि पक्राउ पर्नेहरूमा सिटिजन्स बैंकको बुटलवस्थित ड्राइभर चोक ब्रान्चमा कार्यरत मनिशा मास्के, मनिग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालिकानगर ब्रान्चमा कार्यरत कल्पना खत्री, सोही ब्रान्चमा कार्यरत प्रतिक्षा रेग्मी, बुटवल ब्रान्चमा कार्यरत खिमानन्द गौतम र दीपक बिष्ट रहेका छन् ।

यो प्रकरणमा प्रहरीले तीन जना अन्य कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यस्तै अन्य सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गराउनका लागि अदालतबाट अनुमति लिने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending