Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

पर्यटकको आकर्षण केन्द्र झाँगाझोली

सानेबहादुर नेपाली

तनहुँ । शुक्लागण्डकी नगरपालिका–६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ । पर्यटनको प्रचुर सम्भावना रहेको यस झाँगाझोली तीनखोले मोटरमार्ग हुँदै जान सकिन्छ । झाँगाझोलीमा तीन जनाको रु डेढ करोड लगानीमा करिब १७ रोपनी क्षेत्रफलमा आकर्षक रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याइएको छ । 

यहाँ दैनिक तीन सयदेखि चार सयसम्म आन्तरिक पर्यटकको भ्रमणमा आउने गर्दछन् । प्राकृतिक रुपले धनी झाँगाझोलीको विकासका लागि तीनवटै सरकारले ध्यान दिन सके पर्यटन क्षेत्रमा कायापलट हुन सक्ने सम्भावना देखिएको छ ।

झाँगाझोली हुँदै बग्ने कञ्चनकुम्ले खोलामा मानव निर्मित सुन्दर ताल बनाउनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । ताल निर्माण र जङ्गल सफारी बनाउनेतर्फ पनि छलफल भइरहेको शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धि थापाले बताए । पछिल्लो समय झाँगाझोलीमा मानिसहरुको आवागमनले यस क्षेत्रमा चहलपहल बढ्दै गएको पर्यटकीय गन्तव्यका रुपमा परिचित बन्दै गएको उनके भनाइ छ ।

अन्य साहसिक खेलहरुका लागिसमेत पनि यो क्षेत्र उपयुक्त मानिएको छ । घना जङ्गलको भएकाले यहाँ आध्यात्मिक गतिविधिका लागि ध्यान केन्द्रलगायत विविध प्राकृतिक पर्यटकीय आकर्षण केन्द्र बनाउन सकिने झाँगाझोली सञ्चालक शङ्करप्रसाद अधिकारीले बताए । खोलाको वरपर रहेको घना जङ्गलको हरियाली र चराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा आउने पर्यटकलाई मुग्ध बनाउने गर्दछ ।   

चालु आर्थिक वर्षमा झाँगाझोलीदेखि दरगाउँसम्म सडकको स्तरोन्नतिका लागि सङ्घीय सरकारले रु ३५ लाख बजेट विनियोजन गरेको छ । सो सडक निर्माण कार्य सम्पन्न भएपछि झाँगाझोली आवतजावतमा अझ सहज हुनेछ । खैरेनीटारदेखि झाँगाझोली हुँदै तीनखोले देवी मार्गको बाँकी निर्माण कार्यसमेत यथाशीघ्र सम्पन्न हुनुपर्ने सो क्षेत्रका स्थानीयवासी बताउँछन् ।   

‘शुक्लागण्डकीको पहिचान झाँगाझोलीको योगदान कृषि र पर्यटन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ कृषि तथा पर्यटनसम्बन्धी कार्यलाई अगाडि बढाएको छ । सिन्धुली जिल्लाको झाँगाझोली हाल सुनकोशी गाउँपालिकामा पर्दछ । विपी राजमार्गमा पर्ने झाँगाझोलीमा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक मठमन्दिर समेतका सम्पदाहरु समेटेर तनहुँ झाँगाझोली सञ्चालनमा ल्याइएको हो ।  

विशेषतः सिन्धुली झाँगाझोलीमा रहेका दुम्जा कुशेश्वर महादेव, झाँगाझोली गुठ बजारस्थित गुठ बजार राम मन्दिर रातामाटास्थित गणेशथान मन्दिर, मूलकोटमा रहेको बालाकेश्वर मन्दिर, गैरी पुछारमा रहेको मुकुटेश्वरी मन्दिर, सिन्धुली झाँगाझोली हुँदै बग्ने सुनकोशी नदी, नाङ्गेडाँडा स्थित सिद्धाथान मन्दिर, सहस्रधारादेवी खाल्टे चैनपुरमा रहेको शीतलपाटी र ऐतिहासिक लप्से खोला कुवाको निर्माण गरिनेछ । 

त्यसैगरी, सिन्धुली झाँगाझोलीका बोहोरेटार, गुठ बजार, रातामाटा, कालीमाटी, लक्ष्मीडाँडाजस्ता गाउँहरुको नामबाट घरहरु निर्माण गरिनेछन् । सातवटै प्रदेशका विशिष्टीकृत, उत्पादनको प्रवद्र्धनका लागि प्रादेशिक कोसेली घरसमेत निर्माण गर्ने योजना रहेको छ ।

सूचना कक्ष निर्माण 

सिन्धुली झाँगाझोली क्षेत्रमा पर्ने ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदाका बारेमा जानकारी दिने उद्देश्यले सूचना कक्ष निर्माण गर्न लागेको छ । सूचना कक्षमा झाँगाझोली क्षेत्रमा पर्ने विविध विषयका बारेमा ब्रोसर, मूर्ति, सङ्ग्रहालयमार्फत घुम्न आउने पर्यटकलाई जानकारी गराइने छ । हाल सुनकोशी गाउँपालिकाअन्तर्गत रहेको दुम्जा कोइरालाहरुको पुख्र्यौली थलो मानिन्छ । पूर्वप्रधानमन्त्री विपी कोइराला, मातृका कोइराला र गिरिजाप्रसाद कोइरालाको बुबा कृष्णप्रसाद कोइरालाको जन्मथलो झाँगाझोलीको दुम्जा हो । सूचना कक्षमार्फत यस बारेमा पनि प्रचारप्रसारसमेत गरिनेछ ।

तनहुँ झाँगाझोलीमा विशेष आकर्षणका रुपमा ‘गौरादेवी नेचुरल हर्वल पार्क’ निर्माण गरेको अर्का सञ्चालक उज्वल पौडेलले जानकारी दिए । विशेष तरिकाले निर्मित हर्वल पार्कमा विभिन्न जातका जडीबुटी रहेका छन् । जडीबुटीलगायत अवलोकनका लागि हात्ती, गैँडा, बाघलगायत विभिन्न जातका पक्षी र जनावरहरुका मूर्ति राखिएका छन् । रुद्र कुण्ड, रुद्र घण्ट मठमन्दिर समेत रहेको ‘गौरादेवी नेचुरल हर्वल पार्क’ बाट पर्यटकलाई भरपूर मनोरन्जन लिन सक्नेछन् । सार्वजनिक बिदाका दिन त पाँच सयभन्दा बढी आन्तरिक पर्यटकले भ्रमण गर्ने गरेको पौडेलको भनाइ छ ।

झाँगाझोली एग्रो टुरिजम प्रालिको सम्पूर्ण निमार्णका काममा केही समय लाग्ने देखिए पनि हाल पार्क अवलोकन स्वादिष्ट खाना र बास व्यवस्थापनसहितको व्यवस्था सञ्चालनमा ल्याइसकेको छ । झाँगाझोली एग्रो टुरिज्म प्रालिले सिन्धुली झाँगाझोली र तनहँ झाँगाझोलीबीचको सम्बन्धलाई सुमधुर गराउनुका साथै मुलुकमा कृषि र पर्यटनका लागि महत्वपूर्ण योगदान दिने योजना रहेको सञ्चालकहरु बताउँछन् ।     

झाँगाझोली क्षेत्रलाई ऐकेडेमी रिसोर्टका रुपमा अघि बढाउने लक्ष्य रहेको छ । विभिन्न जातका जडीबुटीका रूखबिरुवा हेर्न र त्यसको महत्वका बारेमा जानकारी गराइने छ । विभिन्न देवीदेवता, वन्यजन्तुहरुको मूर्ति निर्माण गरी तिनका बारेमा घुम्न आउने विद्यार्थीलाई ज्ञान दिइने लक्ष्य रहेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण तनहुँ झाँगाझोलीको पर्यटन विकासमा ध्यान दिने हो भने गण्डकी प्रदेशकै एक उत्कृष्ट पर्यटन गन्तव्य बन्न सक्ने देखिन्छ ।    

शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारबाट करिब सात किमी उत्तर दिशामा प्रसिद्ध तीनखोले देवीको मन्दिर पुग्न सकिन्छ । मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ यस मन्दिरमा पूजाअर्चनाका लागि विभिन्न जिल्लाबाट भक्तजनको आकर्षण बढ्दै गएको पाइन्छ ।

मन्दिर नजिकै रहेको कुम्ले खोलामा पक्की पुल निर्माण गर्न लागिएको छ । बहुवर्षीय योजनाअनुरुप सङ्घीय सरकारले रु ३५ लाख विनियोजन गरिसकेको छ । सहरी विकास मन्त्रालयले स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पठाएको उनले बताए  ।     

गत वर्ष रु ८३ लाखको लागतमा तीनखोले मोटरमार्गमा काम गरेपछि सहज रुपमा मन्दिर पुग्न सकिने भएको छ । भक्तजनको चहलपहल हुन थालेपछि यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न लागेको शुक्लागण्डकी नगरपालिकाका उपाध्यक्ष खुमबहादुर विकले जानकारी दिए ।     

मन्दिरसम्म पुग्ने सडक र मन्दिर क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण कार्यमा शुक्लागण्डकी नगरपालिकाले पनि चासो दिएको छ । यस मन्दिरमा बोका, कुखुरा र हाँसको बलि दिइन्छ । असार, साउन र भदौको तुलनामा असोज महिनादेखि भक्तजनको मन्दिरमा भीडभाड नै लाग्ने गर्दछ ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending