काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनाल गठबन्धनप्रति ब्यग्र आक्रोश पोख्छन्। सार्वजनिक स्थानमा दिएका उनको अभिव्यक्तिमा गठबन्धन र सत्ताको प्रमुख घटक नेपाली कांग्रेसप्रति अति क्रोद हुन्छ।
उनी कांग्रेसलाई त दक्षिणपन्थी दलको संज्ञा दिन्छन्। यता गठबन्धनलाई समेत गालीगलौज भइरन्छ। उनी पछिल्ला दिनमा झनै क्रोदित भइरहेका छन्। आज मात्रै पनि खनालले सत्ता गठबन्धनले संविधान उल्लङ्घन गरेको कुराको शिकार गरेको आरोप लगाए।
शनिबार काठमाडौँमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै खनालले संविधानको रक्षा गर्ने भन्ने गठबन्धनले बारम्बार संविधान मिचिरहेको बताएका हुन्।
उनले कोशी प्रदेशबारे सर्वोच्च अदालतले दुई पटकसम्म संविधान विरोधी काम हो भन्दै गर्दा पार्टीको धारणा के हो? भन्दै प्रश्नसमेत गरे । उनले, ‘हामी संविधानको रक्षा गर्ने भन्छौँ तर संविधानको रक्षा गर्ने भन्ने हाम्रो यो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लङ्घन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ । कोशीमा त दुई पटक संविधानको उल्लङ्घन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ । हाम्रो पार्टीले कस्तो धारणा राखिरहेको छ? हाम्रो पार्टी क्लियर हुनुपर्छ । हामी गठबन्धनको नाउँमा उनीहरूले गरेका गलत कामको शिकार हुनु हुँदैन । हाम्रो पार्टीले आफ्नो स्वतन्त्रतालाई कायम गर्नुपर्छ । त्यसो गरे मात्रै पार्टी स्थापनाको महत्त्व हुन्छ ।’
हुन त खनाल पछिल्लो समय आफ्नै पार्टीभित्र पनि असन्तुष्ट छन्। उनी पार्टी नेतृत्वलाई खुलेर विरोध गर्छन्। केही दिनअघि पार्टीको बैठकमा फरक मत नै राखे। उनले पार्टी अघि बढ्न नसकेको र एमालेबाट बिद्रोह गरेको पुष्टि नभएको अभिव्यक्ति दिए।
यता समाजवादीका अन्य नेता भने खनालको विरुद्धमा प्रायःअभिव्यक्ति दिँदैछन्। उनीहरु गएको आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचन हार्नुको उपज सम्झन्छन्।
खनालले गृहजिल्ला इलामबाट निर्वाचन हारेका थिए। सत्ता गठबन्धनको दल नेपाली कांग्रेसले मत नहालेको भन्दै त्यसबेला पनि उनी क्रोदित भएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: