Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

सातमध्ये चार विश्वविद्यालयमा उपकुलपति सिफारिस

\"OLYMPUS काठमाडौं । साउन २२ गतेदेखि उपकुलपतिविहीन मुलुकका सात विश्वविद्यालयमध्ये चारवटामा नियुक्तिका लागि शिक्षामन्त्री चित्रलेखा यादवको संयोजकत्वमा रहेको समितिले विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्री सुशील कोइरालासमक्ष सिफारिस गरेको छ । सिफारिस गरिएकामध्ये सबैको आइतबार नै नियुक्तिसम्बन्धी निर्णय गरिने प्रधानमन्त्री कार्यालयले जनाएको छ । नौवटा विश्वविद्यालयमध्ये सातवटा गत साउन २२ गतेदेखि उपकुलपतिविहीन छन् । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक डा। तीर्थराज खनिया, पूर्वाञ्चलमा घनश्यामलाल दास, नेपाल संस्कृतमा कुलप्रसाद कोइराला र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा भूषण श्रेष्ठलाई उपकुलपतिमा सिफारिस गरिएको छ । सत्ता साझेदार एमालेको सहमतिविपरीत उपकुलपति नियुक्तिको सिफारिस गरिएको भन्दै एमाले निकट प्रगतिशील प्राध्यापक संघले गम्भीर आपत्ति रहेको प्रतिक्रिया दिएको छ । चार विश्वविद्यालयमा सिफारिस भएका सबै कांग्रेस निकटका प्रध्यापक रहेका छन् । त्रिविमा सिफारिस गरिएका खनिया नेपाली कांग्रेसकै तर्फबाट यसअघि उच्चमाध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष र राष्ट्रिय योजना आयोगका सदस्यसमेत भइसकेका छन् । उनी नेपाली कांग्रेसका तर्फबाट गत संविधानसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर ४ मा उम्मेदवारको दाबेदार थिए । तर सोही क्षेत्रबाट पार्टी सभापतिसमेत रहेका कोइराला उम्मेदवार हुने भएपछि उनी पछि हटेका थिए । खनिया पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका कोइरालालाई सहयोग गरेको भन्दै त्रिविको उपकुलपतिमा नियुक्तिका लागि दौडधुपमा थिए । नेपाल संस्कृतमा सिफारिसमा परेका कोइराला नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्वअध्यक्ष हुन् । उनी रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपाली विषय पढाउँछन् । पूर्वाञ्चलमा उपकुलपतिमा सिफारिस गरिएका दास विराटनगरको महेन्द्रमोरङ क्याम्पसका पूर्वप्रमुख हुन् । उनी यसअघि सत्य मेलमिलाप तथा निरूपण आयोगसम्बन्धी सिफारिस समितिका सदस्य थिए । उनी पनि प्रजातन्त्रवादी प्राध्यापक संघमा आबद्ध छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा सिफारिस गरिएकी श्रेष्ठ पनि प्रजातन्त्रवादी प्राध्यापक संघमा आबद्ध छिन् । उनी त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा पढाउँछिन् । उनी नेपाली कांग्रेसमा वरिष्ठ नेता शेरबहादुर देउवा निकट मानिन्छन् । एमाले निकटका प्राध्यापकहरूले चार वर्षअघि एमाले नेतृत्वको सरकार हुँदा प्रतिपक्षमा रहेको नेपाली कांग्रेसलाई समेत दुईवटा विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरिएको भए पनि यसपटक भने कांग्रेसले एकलौटी गरेको भन्दै विरोध गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending