Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

१८ जना बन्दकर्ता पक्राउ

\"arrested\"काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घले आह्वान गरेको बन्द गराउँदै हिँडेका महासङ्घका १८ कार्यकर्ता बिहान पक्राउ परेका छन् । बालाजु चोकबाट १५, चाबहिल चोकबाट एक र ताल्सिखेल ललितपुरबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पहिचानका आधारमा प्रदेशको सीमाङ्कन गर्नुपर्ने, आदिवासी जनजाति आयोग गठन गर्नुपर्ने लगायत माग राखी बन्द आह्वान गरिएको हो । बन्दको सामान्य प्रभाव विभिन्न राजनीतिक दलले संयुक्त रुपमा आज आयोजना गरेको नेपाल बन्दका कारण काठमाडौँ उपत्यकाको जनजीवन सामान्य प्रभावित भएको छ । सवारी साधन सडकमा कम गुडिरहेका छन् भने यात्रु पैदल हिँड्न बाध्य भएका छन् । अत्यावश्यक सेवामा प्रयोग हुने साधन भने सञ्चालनमा छन् । उपत्यकाबाट लामो दूरीका लागि छुट्ने भाडाका सवारीसाधन तथा निजी साधन कुनै पनि सञ्चालन हुन सकेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विभिन्न नाका भएर उपत्यकाका भित्रने सवारीसाधनमा समेत कमी आएको छ । काठमाडौँ आउनका लागि विभिन्न जिल्लाबाट अघिल्लो दिन छुटेका भाडा तथा निजी सवारीसाधन गरी करिब दुई सय गाडी अहिलेसम्म उपत्यकामा भित्रेका छन् । उनीहरुलाई आवश्यकताअनुसार प्रहरीले सुरक्षा दिएका थिए । महाशाखाका सहप्रवक्ता राजेन्द्र भट्टले सामान्य अवस्थामा प्रतिदिन सात हजारदेखि आठ हजार सवारीसाधन उपत्यकामा भित्रने तथा सोही अनुपातमा बाहिरिने गरेको जानकारी दिए । उपत्यकाका थानकोट, कोटेश्वरलगायत सम्पूर्ण नाकाबाट दैनिक करिब ६० हजार मानिसको आवतजावत हुने गर्छ । त्यसमध्ये थानकोट बढी नै व्यस्त रहने नाका मानिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending