काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सामाजकि सञ्जालमार्फत शनिबार राति एक विवादित अभिव्यक्ति दिएका छन् । उनले शनिबार बेलुका चोर सरकार १ भन्दै सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए ।
यतिबेला स्थानीय सरकारका कार्यकारी प्रमुखको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै समाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ । उनकै केही समर्थकले पनि उक्त अभिव्यक्ति आपत्तिजनक भएको भन्दै आलोचना गरिरहेका छन् ।
शनिबार बालेनले उनकी पत्नी सबिना काफ्ले सवार महानगरपालिकाको गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेपछि साह आक्रोशित भएको भनिए पनि यसको सत्यता के हो अझै बाहीरीएको छैन । कतिपयले उनकै श्रीमती रहेकाे बताइ रहेका छन् भने कतिपयले उनकी श्रीमती नभएर अरु नै गाडीमा सवार रहेकाे बताएका छन् ।
यस लगतै आइतबार बिहानै एक्कासी एउटा हल्ला फैलियो । हिजो राति साहको छोरी जन्मिइन् भनेर । उनका कट्टर समर्थक रहेका केही नाम चलेका कलाकारहरुले नै यो खालको हल्ला फैलाएका थिए । र त्यसपछि उनको गतल अभिव्यक्तिको समर्थन गर्नलाई गज्जबको मसला मिल्यो समाजिक सञ्जालमा ।
प्रसूतिले छटपटाएकी श्रीमती सबिना काफ्लेलाई गाडीमा लैजँदा किन रोक्यो ट्राफिकले ? बालेन साहको आक्रोश ठिक छ भन्ने सबै उनका समर्थक रहेको देखिन्छ । तर, शनिबार प्रहरीले बालेनकी प्रसव पीडामा छटपटिएकी श्रीमती चढेको गाडी रोकेको कुरा भने गलत सावीत भएको छ । किन की काफ्लेले केही दिन अघि नै बच्चा जन्माइ सकेकाे तथ्य फेला परेकाे छ । आखिर कहाँ गएर आएकाे थियाे त महानगरकाे गाडी याे अहिले सम्म कसैलाई जानकारी नै गराइएकाे छैन ।
शनबिार बेलुका उनकी छोरी नै जन्मिएकी होइनन् । केही दिनअघि नै उनकी छोरी ललितपुरस्थित मेडिसिटी अस्पतालमा जन्मिएकी बताइएको छ । त्यहाँका एक चिकित्सकले हिजो बालेनको बच्चा जन्मिएको कुरा गलत भएकाे भन्दै केही दिन अघि नै उनकाे छाेरीकाे जन्म भएकाे बताए । उनले केही समस्या भएका कारण शिशुलाई एनआइसीयूमा राखिएको बताउँदै आफुलाई ठ्याक्कै मिति चाँही थाहा नभएको तर उनको छोरी हिजो नजन्मिएको बताए । शनिबार आफू छुट्टिमा भएकाले बालेन्द्रकी श्रीमती अस्तपाल आए नआएको थाहा नभएको उनको भनाइ छ । एनआइसीयूमा राखिएकी शिशुलाई हेर्न, दूध खुवाउन आएको हुनसक्ने उनले बताए ।
मेडिसिटी अस्तपालको एक स्रोतले त बालेन्द्र साहको बच्चा जन्मिएको १५ दिन भइसकेको बताएको छ । ‘बालेन्द्रको बच्चा जन्मिएको छ भनेर कडा सुरक्षा थियो । १५ दिनजति भइसक्यो’ स्रोतले भन्यो, -'त्यो वार्डपट्टी कसैलाई जानै दिइएको थिएन ।' मेडिसिटी अस्पालका सबैजसो चिकित्सक, स्वास्थ्यकर्मीलाई यसबारे जानकारी भएपनि बोल्दा केही समस्या पर्ने होकि भनेर कसैले सत्य कुरा नभनेको स्रोतको भनाइ छ । यसबारे प्रश्न राख्दा मेडिसिटी अस्तपालका एक उच्च अधिकारी बोल्न नमिल्ने भन्दै पन्छिएका छन् ।
यसबारे सामाजिक सञ्जालमा पनि चर्चा भइरहेको छ । कसैले गत बिहीबार बच्चा जन्मिएको भनिरहेका छन् भने कसैले एकसाता भएको भनेका छन् । तर अस्पताल स्रोतका अनुसार शनबिार बालेनको बच्चा जन्मीएको भने हैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: