काठमाडौं । घुमफिरका अनुभूतिहरूलाई कवितामा ढाल्दै आएका पर्यटनविद् हिक्मत सिंह ऐरको मुलुक चिनाउने कविता संग्रह ‘कञ्चनपुरदेखि कञ्चनजंघा’ कवितामय फन्को देशको लोकार्पण गरिएको छ ।
नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री एनपी साउदले आज कवि ऐरको उक्त पुस्तक लोकार्पण गरेका हुन ।
पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढी समय काम गर्दा सुदूरपश्चिमको तराई कन्चनपुरदेखि पूर्व हिमालको कञ्चनजंघा बेस क्याम्पसम्म पुग्दाका अनुभव र अनुभूतिलाई कवितामय वर्णन कवि ऐरले यस कविता संग्रहमा गरेका छन् । यस सङ्ग्रहमा कविका मनका रहरहरु, भोगाइ र यस देश र समाजप्रति समर्पित केही भावहरु पनि विभिन्न कविताहरु मार्फत प्रस्तुत गरिएको छ ।
कविता संग्रहको लोकार्पण गर्दै परराष्ट्र मन्त्री एनपी साउदले कवितामा मूलभूत रुपमा राष्ट्रियता, प्रकृतिप्रम र देशको पर्यटनको सम्भावनाका विषय समेटिएकोले कविता संग्रह नेपालको समग्र पर्यटन बुझ्ने आखिँझ्याल रहेको टिप्पणी गरे ।
कृतिको समीक्षा कार्यक्रममा वरिष्ठ साहित्यकार, पूर्व प्रशासक एवं पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले कविता संग्रह सिंगो नेपालको उज्यालो प्रतिविम्ब भएको उल्लेख गर्दै भूस्वर्गका रुपमा रहेको नेपालको आन्तरिक पर्यटन प्रर्वद्धनमा कविता संग्रह सहयोगि बन्ने बताए ।
कविता संग्रहका विषयमा टिप्पणी गर्दै साहित्यकार चेतनाथ कंडेल, संस्कृतिविद् प्राज्ञ यज्ञराज उपाध्याय, पत्रकार अमृत भादगाउँले, डा. नवल त्रिपाठी लगायतले कविता संग्रहले पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए ।
यस्तै टिप्पणीकारहरूले यो पुस्तक नेपाल जान्न चाहने, देश चिन्न खोज्ने समेतलाई उपयोगी हुने विश्वास वयक्त गरे । सरल अनि कलात्मक भाषामा लेखिएका ५२ वटा कवितासँग सम्बन्धित ठाउँका रङ्गीन तस्बिरहरू पनि कविता संग्रहमा राखिएका छन् ।
बुक्स हिमालयले प्रकाशन गरेको यस पुस्तकमा सातै प्रदेशका हिमाल, पहाडतराई, चुरेभावरका जङ्गल, नदीनाला, संस्कृति र सम्पदाले भरिपूर्ण अलौकिक देवभूमिका मठमन्दिर, गुम्बा, पैत्य, मौलिक खानपिन, रहनसहन एवं अन्य विशेषताले भरिपूर्ण गन्तव्यहरूमा बटुलिएका अनुभव र अनुभूतिलाई कवितामा वर्णन गरिएको छ ।
२३ वर्ष देखि नेपाल पर्यटन बोर्डमा कार्यरत कवि हिक्मत सिंह ऐर नेपाल पर्यटन बोर्डका बरिष्ठ निर्देशक समेत हुन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: