Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

अनियमित रुपमा संचालन भएको उदयपुर सिमेन्ट उद्योगलाई नियमित संचालन गर्न माग

खबरडबली संवाददाता

उदयपुर । अनियमित रुपमा संचालन भएको उदयपुर सिमेन्ट उद्योग लिमिटेडलाई नियमित संचालन गर्न माग गरिएको छ । बन्द हुँदै संचालन हुँदै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेडको नियमित संचालनको मागगर्दै सरोकारवालाहरु प्रधामन्त्रीकोमा डेलिकेशन गएका हुन् ।

आईतबार उद्योगका मजदुर नेतार स्थानीय सरोकारवालाहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न डेलिकेशन गएका थिए । पूर्ण रुपमा सरकारी स्वामित्व रहेको सिमेन्ट उद्योग लिमिटेड पछिल्लो समयमा बन्दहुँदै संचालन हुँदै आएको छ ।

आर्थिक रुपमा चरम संकटमा परेको उद्योग नियमित संचालनको मागगर्दै डेलिकेशन गएको नेपाल कारखाना श्रमिक संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष देवेन्द्र झाले बताए । उनले भने, ‘पछिल्ला वर्षहरुमाउद्योग नियमित रुपमा संचालनहुन सकेको छैन् । चरमआर्थिक संकटमा फेसेको छ । उद्योगको नीतिनियम संशोधन र तत्काल संचालनखर्चको व्यवस्थापनगरिदिनहुनप्रधानमन्त्रीसमक्ष अनुरोध गरेका छौँ ।’

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य गोपी आछामीको नेत्त्वमा माओवादी केन्द्रका जिल्ला समन्वय समतिका संयोजक विनोद कटुवाल दिवश, उदयपुर सिमेन्ट उद्योग बचाउ तथा खवरदारी समितिका संयोजक राधारमण खतिवडा, उद्योगमा कार्यरत अखिल नेपाल औद्योगिक मजदुर संघ, नेपाल कारखाना श्रमिक संघ, समग्र नेपाल उद्योग मजदुर संघ र नेपाल अद्योगिक मजदुर संघका प्रतिनिधि सहितको टोली डेलिकेशन गएको थियो । 

डेलिकेशन टोलीले प्रधानमन्त्री दाहाल, उद्योग तथा आपुर्ति मन्त्रालयका मन्त्री रमेश रिजाल, उद्योग सचिव मुकुन्द निरौला र उर्जा मन्त्री शक्ति बस्नेतलाई भेटी उद्योगका समस्या र उद्योग संचालनका लागि सुझाव दिएको उदयपुर सिमेन्ट उद्योग बचाउ तथा खवरदारी समितिका संयोजक राधारमण खतिवडाले बताए । 

उनका अनुसार भेटमा उद्योग संचालनमा प्रधानमन्त्री दाहाल लगायतका पक्ष सकारत्मक रहेको र उद्योगका अल्पकालिन र दिर्घकालिन सुझाव दिइएको छ । उनले भने, ‘भेटमा उहाँहरु (प्रधानमन्त्री दाहाल, उद्योगमन्त्री रिजाल, उर्जा मन्त्री बस्नेत) ले सकारात्मक रूपमा उद्योग सन्चालनमा सहयोग गर्ने वचन दिनु भएको छ ।

विभिन्न मन्त्रालयबाट प्राप्त उपलब्धि सहित ठोस निष्कर्षका लागि प्रधानमन्त्री समक्ष १९ बुदे सुझाव दिइएको छ ।’ उद्योगको चुरो समस्या केहो ? भनी मजदुर नेताहरु सँग अन्तक्रिया गर्दै उद्योग संचालनका लागि सक्दो सहयोग गर्ने वचन दिनु भएको छ । डेडिकेटेड फिडरको विद्युत महशुल मिनाह गर्ने, विद्युत आपूर्ति नियमित गर्ने, उद्योग संचालनमा सहयोग गर्ने बचन दिनु भएको छ ।’

उद्योगले बक्यौता ३६ करोड रूपैयाँ ‘डेडिकेटेड फिडर’ को विद्युत महशुल बझाएको छैन् । त्यो मिनाहा गरिदिन माग गरिएको बताइएको छ । अखिल नेपाल औद्योगीक मजदुर संघका इकाई अध्यक्ष विश्वेश्वर पालले डेढ अर्व रुपैँया उद्योग घाटामा रहेकाले सरकारले आर्थिक रुपमा सहयोग गर्दै नीतिगत रुपमा सुधार गर्न माग गरिएको बताए । 

माओवादी केन्द्र उदयपुरका अध्यक्षविनोद कटुवाल ‘दिवस’ ले उद्योगका समस्याहल गरी उद्योग नियमित संचालनगर्न माग गरिएको बताए । ‘प्रधानमन्त्री दाहाल समक्ष उदयपुर सिमेन्ट उद्योग संचालनका समस्याहरू बारे जानकारी गराइयो । मजदुर प्रतिनिधिसंग प्रधानमन्त्रीको जिज्ञासा थियो ? नाफामा जानु पर्ने उद्योग किन धारसायी भयो ? अब सरकारले के गर्दा उद्योेगलाई नाफामा लान सकिन्छ ? उनले भने, ‘मुख्यगरी सहि व्यवस्थापकको अभाव, बर्तमान सार्वजनिक खरिद ऐन लगायतको कारण उद्योेग धारासायी भयो । त्यसकारण सहि व्यवस्थापक पठाइदिन, नीतिनियम संशोधन र तत्काल संचालन खर्चको व्यवस्थापन गरिदिनहुन माग गरेका छौँ ।’ 

उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले उदयपुरले गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आइरहेको छ । पछिल्लो समयमा नियमित संचालन हुन सकेको छैन् । डेलिकेशन टोलीका संयोजक राष्ट्रियसभा सदस्य गोपी आछामीले उद्योग संचालनमा देखिएका समस्या र समाधानको लागि सरोकारवालाहरु, मजदुरहरुको टिम बनाएर डेलिकेशन गएको बताए । उनले भने, ‘कुसल व्यवस्थापनको अभावमा सरकारी उद्योग आर्थिक संकटमा फसेको छ । बचाउनु पर्ने हाम्रो दायित्व भएकोले डेलिकेशन गएका हौँ ।’

उद्योगमा सरकारले महा प्रबन्धक खुल्ला प्रतिस्प्रधाबाट छनोट गरेर नियुक्ति गर्ने गरी उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत शनिबार विज्ञापन खुलाएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending