Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

सरकार गठन हुनासाथ ढाल्न लाग्ने कसरतले समृद्धि आउन्न : सांसद नेपाली

खबरडबली संवाददाता

काठमाडौँ । पञ्चायती राजनीतिको पृष्ठभूमि रहेका नेताहरूको बाहुल्यता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की अनिशा नेपाली भने संसदीय अभ्यासमा नयाँ भए पनि प्रस्तुति, बुझाई र भोगाइका हिसाबले परिपक्व देखिन्छिन् । 

प्रतिनिधिसभाका सांसदमध्ये तुलनात्मकरूपमा कलिलो उमेर, छोटो राजनीतिक यात्रा तथा फरक शैक्षिक विधा रहे पनि सांसद नेपाली निर्धक्कसँग भनिछन्, “देशको भविष्य नियाल्दै जनताका आवाज र समृद्धिलाई सुखानुभूति हुने गरी सदनमा भनाइ राख्नुपर्छ ।”

उनको भनाइ छ– “सदनमा कसले के भन्यो भन्नेतिर नगई विधेयक र जनताका सुख–दुःख, गुनासाका आवाज उठाउनैपर्छ, पुरानाले सिकाउनुपर्नेमा उहाँहरूलाई नै सम्झाउनुपर्ने जस्तो देख्छु । त्यो ठाउँमा अरु बेतुक र छाडा बोल्ने होइन नि !”

सात वर्षको राजनीतिक यात्रा, स्वास्थ्य क्षेत्रमा अहेब पृष्ठभूमि रहेकी प्रतिनिधिसभा सदस्य नेपालीले नीति निर्माणको जिम्मेवारीमा सांसद केन्द्रित हुनुपर्नेमा सत्ता प्राप्तिको दौडधुपले विधायिकी भूमिका कमजोर तुल्याएको बताइन् ।

सांसदले आफ्नो भूमिकालाई विधेयक तथा जनताका सरोकारका मुद्दामा केन्द्रित गरेका विषयलाई पनि सरकारबाट यथोचित सम्बोधन नहुँदा जनतामा निराशा पैदा भएको मात्र नभई महत्त्वपूर्ण विधेयक निर्माणका कार्यसमेत ओझेलमा परेको उनको गुनासो छ । विधेयकमा समेटिएका स–सना विषयलाई पनि बेलैमा ध्यान पुर्याएर छलफल गरिएन भने जनताले भविष्यमा फेरि दुःख पाउने पक्षलाई बुझ्न आवश्यक रहेको उल्लेख गर्दै सांसद नेपालीले देशमा बलियो कानुन नभएका कारण जनताले दुःख पाइरहेको प्रतिक्रिया दिइन् ।

उनले भनिन्, “ठूला दलबीचको द्वन्द्वका कारण सदनमा सांसद उपस्थित भए पनि बैठक चल्दैन, एउटा दल विशेषका कारण सदन चल्दैन भने त्यसविरुद्ध आवाज उठाउनु स्वभाविक र ठीकै कुरा हो, जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने पनि लाग्छ ।”

समानुपातिक निर्वाचन प्रणालीमा दलित आरक्षण समूहमा राप्रपाबाट निर्वाचित नेपाली भन्छन्, “आफ्ना प्रतिनिधिका अभिव्यक्ति संसद्को रेकर्डबाटै हटाउने अवस्था आउला भनी जनताले अपेक्षा गरेका थिएनन्, तर दुर्भाग्य यहाँ यस्तै भइरहेको छ ।”

‘माननीय’ पद र भूमिकाको गहन अध्ययन नहुँदा सदनका बैठक खुलामञ्चका आमसभाजस्तो हुने गरेको उल्लेख गर्दै उनले जनप्रतिनिधिले बोली र व्यहारलाई सुधार गरी सभ्य भाषा प्रयोग गरेमात्र सदन र सांसदको ओज बढ्ने सुझाव दिइन् ।

सांसद नेपाली भन्छिन्, “संसद् नियमावलीमा कसरी बोल्ने, कसरी बस्ने भन्नेसम्म स्पष्ट व्यवस्था छ, तर कतिपय माननीयले त पोशाकै खोलेर नाङ्गै हुनसमेत भ्याएको अवस्था छ ।” सदन विधि र नीति निर्माण गर्ने मूल थलो भएकाले मूल जिम्मेवारी तथा दायित्वलाई दुरुपयोग होइन, सदुपयोग गर्नुपर्नेमा उनको जोड छ ।

जनताले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत कुनै कुराको दुःख नहोस् भनेर निर्वाचनमा मत दिई ठूला दल बनाएको प्रसङ्ग उल्लेख गर्दै सांसद नेपालीले जनताका आवाजलाई कार्यान्वयन हुने ढङ्गले सदनमा प्रस्तुत हुन सबै सदस्यलाई आग्रह गरिन् । उनले तीन तहका सरकारबीच विकास र समृद्धिका विषयमा समन्वय तथा सहकार्यको साटो स्वार्थपन बढी देखिएको र दलबलका आधारमा योजना छनोट प्रवृत्तिले सङ्घीय संसद्का सांसद पनि त्यसैमा दौडने गरेको उदाहरण प्रस्तुत गरिन्।

एक प्रसङ्गमा सांसद नेपालीले भनिन्, “प्रजातन्त्रको पुनःस्थापनापछि राजनीतिमा प्रवेश गरेका कयौँ नेताका सहरमा आलिसान महल बनेका छन्, गाडीमा हुइकिएका देखिन्छन्, तर मत दिने जनताको हालत भने ज्यूँको त्यूँ छ, यसमा कसैलाई वास्ता छैन ।”

महँगो निर्वाचन प्रणाली, भागबण्डाको राजनीति, मुलुकले धान्नै नसक्ने सङ्घीयता र प्रदेशको औचित्यमाथि राप्रपाले प्रश्न उठाइरहेको उल्लेख गर्दै नेतृ नेपालीले एउटा सरकार गठन हुनासाथ त्यसलाई ढाल्न हुने कसरत र अभ्यासले मुलुकलाई समृद्धि दिन नसक्ने धारणा राखिन् ।

राजनीतिलाई सेवाका रूपमा लिएर काम गर्न होमिएको उनको भनाइ छ । सांसद नेपाली भनिछन्, “विगतदेखि नै दीनदुःखीको सेवा गर्दै आएकी छु, राजनीतिलाई पनि सेवाकै रूपमा बुझेकी छु ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending