काठमाडौं । ओखलढुंगामा छ महिना अघि भएको दुर्घटनामा घाइते भएका केन्द्र ब. कार्कीको उपचारको लागि आर्थीक सहयोग हस्तान्तरण गरीएको छ । कतारको दोहामा रहेका युवाहरुले कार्कीको उपचारकालागि पठाएको रकम माओवादी केन्द्र ओखलढुंगाका नेता रामकुमार कार्कीले अस्पतालमा पुगेर हस्तान्तरण गरेका हुन् ।
गत २०७९ फागुन २१ गते ओखलढुंगाकाे चिसंखुगढी ३ दियालेमा भएको बोलेरो दुर्घटनामा परि घाईते भएका कार्कीको अवस्था सामान्य देखिएको भए पनि दुर्घटनामा सबैभन्दा जटील अवस्था देखीएको थियाे । टिचिङ अस्पतालमा उपचार सम्भव नभए पछि उनलाई नर्भिक अस्पताल, वीर अस्पताल हुँदै हाल बानेश्वरको आयुस अस्पतालमा उपचार गराइ रहेकाे नेता कार्कीले बताए ।
उनको उपचारमा हाल ४० लाख भन्दा माथि खर्च भइ सकेको र अव आर्थिक अवस्था जटील बन्दै गए पछि घरपरिवारको अनुरोधमा सहयोगी मनहरुमा उनको उपचारका लागि आर्थिक रहयोगका लागि अनुरोध गरीएको र सो अनुरोध पछि बैदेशीक रोजगारीमा रहेका युवाहरुले सहयोग गरेका हुन् ।
यस कार्यका लागि चिसंखुगढी गाउँपालिका वडा नं. ३ का राजेश कार्कीले कतारको दोहाबाट विशेष पहल गरेका थिए । कार्किको पहलमा जममा भएको दुई लाख तीन हजार चार सय दस रुपैँया घाईते उपचारर्थ बिरामी केन्द्र ब कार्कीका बाबु रुद्र बहादुर कार्की र श्रीमती कल्पना कार्कीलाई अस्पतालमा पुगेर हस्तान्तरण गरीएकाे थियाे ।
हाल कतारको दोहा स्थित अल जाफेर ट्रेडिङ एण्ड कन्ट्राक्टिङ कम्पनीमा कार्यरत कार्की र उक्त कम्पनीमा कार्यरत अन्य सहयोगी मनका धनिहरुले कार्कीको उपचारका लागि सहयोग गरेका हुन् ।
उक्त दुर्घटनामा दुइजनाकाे घटनास्थलमै मृत्यु भएकाे थियाे भने छ जना घाइते भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: