Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

चेली लिन जाने चलन हरायो, गीत र लय फेरिए

खबरडबली संवाददाता

म्याग्दी ।  भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तीजकै लागि छोरीचेली र दिदीबहिनी लिन जाने चलन अब हराउँदै गएको छ । हातहातमा मोबाइल र इन्टरनेटको पहुँच तथा यातायातको सुविधाले छोरी चेली र दिदीबहिनीलाई लिन अब घरमै जान नपर्ने अवस्था आएको छ ।

स–साना छोराछोरी पिठ्युँमा बोक्दै र हातमा डोर्याउँदै भाइको अघिपछि हुँदै साँझपख मात्रै माइतीको आँगनमा पाइलो टेक्दा मिल्ने खुसी अहिले वर्णन नै गर्न नसकिने बेनी नगरपालिका–२ की ६९ वर्षीया यामकुमारी शर्माले बताइन् ।

तीज आयो जाउन बाबु दिदी लिनलाई  
खुट्टैमा ढोँग गरे है भेट्दा भेनालाई ।
हुन्छ आमा दिदी लिन जान्छु जान त 
कोसेली पो के लानी हो पर्छ लान त ।।

“गाउँमा मोटर गुड्ने सडकको पहुँच थिएन, चेलीबेटी लिन माइती मावली नै पैदल हिँडेर जानुपर्ने बाध्यता थियो । सासू, ससुरा, घरपरिवारको मन जितेर र उनीहरुलाई मनाएर मात्रै माइत जान पाइन्थ्यो”, शर्माले भनिन्, “हिजोआज भने गाउँगाउँमा सवारीसाधन पुगेका छन्, हातहातमा मोबाइल छ, न दाजुभाइलाई दिदीबहिनी लिन जाने झन्झट र न दिदीबहिनीलाई कोशेलीपातको व्यवस्था गर्न गाह्रो, पैसा भए बजारमा सबै चिज पाइन्छ, आनन्दै ।”

मालिका गाउँपालिका–४ का डेकबहादुर घर्तीले भने, “तीजको रौनक पनि हराउँदै जाँदा पुराना दिन केबल सम्झनामात्रै बन्न थालेका छन्, हिजोआज तीजको लय हराउँदै गएको छ, विकृति फस्टाउँदै गएको छ ।”

ज्यामरुककोटकी ८९ वर्षीया खिरकुमारी कार्कीका अनुसार वर्षामास धान रोपेर सकिएपछि तीजकै लागि अनदी, झिनुवाको चामल, घ्यु पहिल्यै नै बन्दोबस्त गरेर राखिन्थ्यो । दरखाने दिन घ्युमा पकाएको खाजा, तामा, गावा जस्ता परिकार बनाएर दरका रुपमा खाने चलन थियो । 

केरा, निमारोको पातमा घरको मझेरी, आँगनीमा सबै जम्मा भएर दर खाने परम्परा छ । तर हिजोआज भने माछा, मासु, खिरलगायतका विभिन्न परिकार बनाएर दर खाने प्रचलन बढ्न थालेको छ । राति अबेरसम्म दर खाने र भोलिपल्ट तीजको निराहार ब्रत बस्ने चलन अहिले भने हरायो ।

तर अहिले एक महिना अघिदेखि होटल तथा पार्टी प्यालेसमा दर खाइन्छ, भड्किला गीत बजाउँदै नाच्ने गरिन्छ । यसोगर्दा तीजको सांस्कृतिक र आध्यात्मिक पक्ष नासिँदै गएको छ भने सामाजिक सद्भाव पनि बिग्रँदै गएको छ ।

अहिले दरखाने निहुँमा ठूलाठूला पार्टीप्यालेस, होटलमा जम्मा भई महँगा लत्ताकपडा, गरगहनामा सजिएर प्रतिस्पर्धात्मकरुपमा जानेको पनि लहर छ । बेनीबजारका विभिन्न होटल, पार्टीप्यालेसमा दरखान जानेहरुको आकर्षण बढ्दै जाँदा विकृति पनि निम्तिएको छ ।

“हरितालिका तीज पर्व महिलालाई सशक्त बनाउन, परम्परा र संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने, घरायसी, सामाजिक, हिंसालाई बाहिर निकाल्ने अवसरका रुपमा लिइन्छ तर हिजोआज तीज गीतका नाममा विकृति पनि केही देखिएको हुदा ती विकृति विसङ्गतिलाई हटाई महिलाका वेदना पोख्ने पर्वका रुपमा अगाडि बढाइनुपर्छ”, म्याग्दी बहुमुखी क्याम्पसका पूर्वप्रमुख रामजी सुवेदीले बताए ।

धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरुले हरितालिका तीजका रुपमा मनाउँदै आएका छन् । पार्वतीले महादेवलाई श्रीमान्का रुपमा पाउन एक सय सात जन्मसम्म घोर तपस्या गरे पनि १०८औँ जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा विभिन्न शास्त्रमा उल्लेख छ । यही मान्यतालाई अनुसरण गर्दै विवाहित महिलाले श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाउँ भनी तीजको व्रत बस्ने चलन छ ।

तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रर्तालु महिलाले तीन सय ६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । 

अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ ।

तीजका गीतमा नारी वेदनालाई लयात्मक तरिकाले अभिव्यक्त गर्ने चलन पनि विस्तारै हराउँदै गएको छ । घरपरिवारभित्रको दुःख, समाजको अत्याचार, कुरीति र विसङ्गतिविरुद्ध सङ्गीतबद्ध गरिएका आवाज समाज परिवर्तनका संवाहक बन्दथे तर अहिले ठीक उल्टो भएको छ ।

समाजलाई सही बाटोमा हिँडाउने गीत भद्दा र मजाकका वस्तुजस्तै बनेका छन् । ‘भाइरल’ र चर्चित बन्ने नाउँमा गीतलाई अपभ्रम गराइएको छ । लय, ताल र सुरमा तीजको कुनै छनक नै पाइँदैन । मङ्गला गाउँपालिका ५ की ७१ वर्षीया पूर्णकुमारी पौडेललाई उहिलेको तीजबारे सोध्दा गुनगुनाइन्, 

घ्यु भरेर राखे आमा फूल भरेको टिनमा
बाँचे आमा भेटौँला वर्ष दिनमा ।

उनले भनिन्, “अहिलेका गीतमा मलाई खासै रुचि छैन । यी तीजका गीतजस्ता पनि छैनन् ।” अहिलेका गीतहरू सुन्दा दिक्क मान्नुहुने उनी आफूहरूले पहिलापहिला गाएका गीतहरु सम्झँदै पहिलाको जस्तो रमाइलो अहिलेका तीजमा हुन छाडेको बताइन् ।

अहिले तीजभन्दा अगाडि नै दर खाने चलन बढ्दै गएको र तीजमा पहिलाको जस्तो रौनकता पनि नरहेको बेनी नगरपालिका–९ की तारा सुवेदीले बताइन् । “समयअनुसार चाडपर्व मनाउने परिपाटी पनि परिवर्तन भएको हुनसक्छ”, उनले भनिन्, “पहिलेपहिले गाउँघरमा बसेर तीज मनाउने गरेको भए पनि अहिले त पार्टीप्यालेसमा गए दर खाए आए । गीतमासमेत विकृति भित्रन थालेको छ ।” 

गीत गाउँदा पहिला दिदीबहिनी भेला भएर सुखदुःखका कुरा र सासूले दिएका पीडालगायत विषयमा गाउने गरेको भए पनि अहिले कसको श्रीमान्ले कति कमाउँछ भन्नेमा मात्रै केन्द्रित भएको उनको भनाइ थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending