झापा । नेपाल टेलिकम सुरुङ्गा शाखाका निमित्त कार्यालय प्रमुख दिलिप सुवेदी अचानक वेपत्ता भएका छन् । शनिवार विहान ९ बजेदेखि आफ्नो क्वाटर कनकाई नगरपालिका ३, सुरुङ्गा नयाँबस्तीबाट अचानक वेपत्ता भएका हुन् ।
अधिकृत छैठौ तहका कर्मचारी ३१ बर्षिय सुवेदीकी श्रीमती ब्रजुना भट्टराई सुवेदीले आफ्ना श्रीमानसँग अन्तिम पटक शनिवार ८ बजेर ४९ मिनेटमा कुराकानी भएको र कुराकानीमा सामान्य कुरा मात्रै भएको बताइन् । १२ बजे पुनः फोन गर्दा मोवाईल अफ रहेको पाएको श्रीमती बज्रुनाले बताइन् । सुरुमा मोवाईलको चार्ज सकिएर अफ भएको ठानेको भए पनि वेलुकी ५ बजेसम्मपनि सम्पर्क नभएपछि भने टेलिकममा सम्पर्क राख्दा कुनै सम्पर्क नभएको उनको भनाइ छ ।
बिराटनगर नगरपालिका ४ राजवंशी चौकमा स्थायी घर भएका सुवेदी आफुभने टेलिकमले उपलब्ध गराएको क्वाटरमा रहदै आएका थिए । टेलिकमको कार्यालयदेखि उनको डेरा ५ सय मिटर नजिक्कै रहेको छ । सुवेदी गत फागुन महिनामा मात्रै बिवाह बन्धनमा बाधिएको बताइएको छ । आफ्नो श्रीमान यसरी एकाएक वेपत्ता हुनुपर्ने कुनै कारण नरहेको श्रीमतीले बताएकी छन् ।
सुवेदी एकाएक हराएपछि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । कोठामा चाबी लगाएको र पिएको पानीको ग्लास समेत ओछ्यानमै रहेको तथा मोवाईल बोकेर गएको स्कुटीको चाबी मोवाइलको चार्जर र पर्स कोठामै छाडेको अवस्थामा पाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका बरिष्ठ प्रहरी नायव निरिक्षक अशोक कोइरालाले बए ।
गत फागुन महिनादेखि सुरुङ्गा टेलिकम साखामा कार्यरक्त सुवेदी वेपक्ता भएपछि प्रहरी र परिवारमा खबर गरिएको र परिवार समेत लागेर उनका खोजी कार्य जारी रहेको सुरुङ्गा टेलिकमका प्राविधिक कर्मचारी तिलचन ओडारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: