Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

आवेश र आक्रोशमा होइन, शान्तिपूर्ण र मर्यादित प्रस्तुतिले इज्जत बढाउँछ : सांसद यादव

खबरडबली संवाददाता

काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद दिनेशकुमार यादव सदन निममितरूपमा सञ्चालन भएको खण्डमा उपस्थितिमा देखिँदै आएको गणपूरक संख्याको विषय स्वतः अन्त्य हुने धारणा राख्छन् ।

संविधानसभाबाट संविधान जारी भएपछि दुई पटक आमनिर्वाचन भई मुलुक अघि बढिरहेता पनि संसदीय अभ्यास भने कमजोर नै रहेको उनको बुझाइ छ । सांसद यादव भन्छन्, ‘संसद् र संसदीय समितिका बैठकमा समयमै उपस्थित भई देश र जनता सरोकारका विषयवस्तु र विधेयकमाथि हुने छलफलमा प्रशस्त समय दिएर सांसदले काम गर्नुपर्छ, तर सबै त्यसैमा केन्द्रित भई काम जस्तो लाग्दैन ।’

नेपाल विद्यार्थी सङ्घको सदस्यता प्राप्त गरी विसं २०३६ बाट राजनीतिक यात्रामा प्रवेश गरेका यादव विसं २०३७ देखि २०५२ सङ्गठनको जिल्ला सभापति, केन्द्रीय सदस्य, पार्टीको जिल्ला सभापति हुँदै हाल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।
उनले सांसदले आफ्नो कर्तव्य र जिम्मेवारप्रति सधैँ सजग र सचेत भई सदनमा हुने छलफलमा सहभागी हुनुपर्नेमा जोड दिन्छन् । विधेयकमाथि हुने छलफलका लागि जनप्रतिनिधिले गहन अध्ययन र विश्लेषणसहित प्रस्तुत हुनुपर्छ भन्दै सांसद यादवले संसद् र विषयगत समितिका बैठकलाई नियमित गरिएमा सांसद अन्यत्र नअल्मलिने अवस्थै नआउने धारणा राखे ।

सङ्घीय संसदीय लोकतान्त्रिक गणतन्त्र रहेका मुलुकहरूको अन्तर्राष्ट्रिय अभ्यास हेरेर संसद्लाई कसरी मर्यादित तुल्याएर लैजान सकिन्छ भन्नेमा ध्यान दिन आवश्यक रहेको बताउँदै उनले आवेग र आक्रोशमा बोल्ने नभई शान्ति र मर्यादाभित्र रही प्रस्तुत भएमा सदन र सांसदको मर्यादा बढेर जाने तर्क गर्छन् ।

दलीय व्यवस्थामा कुन दलका प्रतिनिधिबाट के भनियो र त्यसको कसरी प्रतिवाद गर्ने भन्ने भावनाले प्रेरित भएर आवेग र आक्रोशमा आई बेलाबखत सदनमा बोलेका र दिएका अभिव्यक्ति हटाउनुपर्ने अवस्था सिर्जना गरेको नेता यादवले धारणा राखे । उनले मुलुकले तीन तहका सरकारसहित सङ्घीय शासन व्यवस्थाको उच्चतम अभ्यास गरिरहेको भएता पनि सरकारबीच सहयोग र समन्वयको भावना कमजोर देखिएको विचार प्रकट गरे ।

उनी भन्छन्, ‘सरकारबीच सहयोग र समन्वयको ठूलो अभाव छ । सुरुआती दिनमा सिंहदरबारलाई गाउँमा कसरी पुर्याउने भन्ने चुनौती थियो, तर पुग्यो । अहिले तीन तहका सरकारबीच राम्रो सम्बन्ध छैन । यदि सङ्घीयतालाई व्यवस्थित तुल्याएर जान नसक्ने हो भने यस्तो प्रवृत्तिले विकृतिमात्रै दिन्छ ।’

देशका प्रमुख शक्तिले जनताको कल्याणका लागि भनी राजनीतिक परिवर्तनको आन्दोलनको आह्वान गरेकामा जनताले त्यसलाई पूर्ण साथ र सहयोग प्रदान गरेको घटना स्मरण गराउँदै उनले कृषकलाई सिँचाइ, समयमै मलखाद्य तथा पढाइ सकेर बसेका छोराछोरीका लागि रोजगारको सुनिश्चिता आवश्यक रहेको बताए । विगतमा जस्तो गरिब श्रम र घुमघामका जाने परिस्थितिमा परिवर्तन आएको बताउँदै सांसद यादवले रोजगारी, खेतीपातीलगायत अरु कयौं प्राविधिक कारणले समेत विदेश पलायन हुन बाध्य पारेको उल्लेख गरे ।

नेता यादवले भने, ‘राजनीतिक अस्थिरता, देशमा भविष्य र सम्भावना नदेखेका कारण हुनसक्छ अहिले सबै स्तरका मानिस विदेश गएको देखिन्छ, सरकारले नीतिगतरूपमा आफ्नै देशमा रोजगार सिर्जना गर्न सकेन भने केही वर्ष त रेमिट्यान्स बढ्ला तर त्यो देशका लागि हितकर नहुन सक्छ ।’

अन्नको भण्डार भनिएको तराई मधेसमा सिँचाइ र रासायनिक मल उद्योग स्थापना गरी अरु सुविधा समेत पुर्‍याएर कृषकलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउँदै उनले पर्यटन, विद्युत् विकास देशको आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ भन्ने सन्देश दिन सक्नुपर्ने बताए । संविधानसभाबाट संविधान जारी भएपछि दुई पटक आमनिर्वाचन भई संसद् गठन भएर सञ्चालन भइरहेको छ । उनले भने, ‘कहिले कुनै घटना, कहिले कुनै विधेयक त कहिले अरु कुनै विषयवस्तुका कारण सत्तापक्ष र प्रतिपक्षबीचको अविश्वासले पटक–पटक सदन अवरुद्ध हुँदा जनतामा निराशा पैदा भएको छ, दलहरूबाट अब त्यस्तो हुन दिन्नाैं भन्ने प्रतिबद्धता आवश्यक छ ।’

लामो समयसम्म सदन अवरुद्ध हुने, सदन कहिले चल्छ भन्ने सुनिश्चित नहुने तथा सदन छाडेर बाहिर जान पनि नमिल्ने अवस्थाले आफूहरू चुनाव जितेको यतिका अवधि बितिसक्दासमेत जनताको घरदैलोमा पुग्न नपाएको गुनासो गरे । सांसद यादवले भने, ‘चुनावमा जसले भोट दियो, सहयोग गर्यो त्यसका घरमा पनि छिर्न पाएको छैन । विधेयकमाथि काम गर्न पनि अवसर मिलेको छैन । सबै जनप्रतिनिधिले संसद्को मर्यादालाई बढाएरै लैजानु पर्छ भन्ने मेरो धारणा छ ।’ रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा माघ अन्तिम साता बाघ गणनाको तयारी

कञ्चनपुर ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु ...

आज झापा-५ का दक्षिणी क्षेत्रमा जाँदै ओली, हरेक वडा कमिटीसँग अलगअलग भेट्ने

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् ।  जिल्ला पार्टी सचिव...

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी। लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा...

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ । राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन । संविधानमा महिलालाई गरिएको ...

सर्लाहीबाट काठमाडौं आउँदै गरेको गाडी मकवानपुरको सिमखोलामा दुर्घटना

बागमती । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य ...

शून्य लागतमा ८ सय नेपाली श्रमिक मलेसिया जाँदै

काठमाडौं । मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने वेस्टर्न कम्पनीले ८ सय जना नेपाली श्रमिकलाई शून्य लागतमा लैजाने भएको छ। कम्पनीले नेपालबाट लैजाने...

प्रतिनिधिसभा निर्वाचन- आज उम्मेदवारको नामावली प्रकाशन हुँदै, भोलि चुनाव चिह्न प्रदान गरिने

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थिय...

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ ।  चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगाम...

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending