Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

आवेश र आक्रोशमा होइन, शान्तिपूर्ण र मर्यादित प्रस्तुतिले इज्जत बढाउँछ : सांसद यादव

खबरडबली संवाददाता

काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद दिनेशकुमार यादव सदन निममितरूपमा सञ्चालन भएको खण्डमा उपस्थितिमा देखिँदै आएको गणपूरक संख्याको विषय स्वतः अन्त्य हुने धारणा राख्छन् ।

संविधानसभाबाट संविधान जारी भएपछि दुई पटक आमनिर्वाचन भई मुलुक अघि बढिरहेता पनि संसदीय अभ्यास भने कमजोर नै रहेको उनको बुझाइ छ । सांसद यादव भन्छन्, ‘संसद् र संसदीय समितिका बैठकमा समयमै उपस्थित भई देश र जनता सरोकारका विषयवस्तु र विधेयकमाथि हुने छलफलमा प्रशस्त समय दिएर सांसदले काम गर्नुपर्छ, तर सबै त्यसैमा केन्द्रित भई काम जस्तो लाग्दैन ।’

नेपाल विद्यार्थी सङ्घको सदस्यता प्राप्त गरी विसं २०३६ बाट राजनीतिक यात्रामा प्रवेश गरेका यादव विसं २०३७ देखि २०५२ सङ्गठनको जिल्ला सभापति, केन्द्रीय सदस्य, पार्टीको जिल्ला सभापति हुँदै हाल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।
उनले सांसदले आफ्नो कर्तव्य र जिम्मेवारप्रति सधैँ सजग र सचेत भई सदनमा हुने छलफलमा सहभागी हुनुपर्नेमा जोड दिन्छन् । विधेयकमाथि हुने छलफलका लागि जनप्रतिनिधिले गहन अध्ययन र विश्लेषणसहित प्रस्तुत हुनुपर्छ भन्दै सांसद यादवले संसद् र विषयगत समितिका बैठकलाई नियमित गरिएमा सांसद अन्यत्र नअल्मलिने अवस्थै नआउने धारणा राखे ।

सङ्घीय संसदीय लोकतान्त्रिक गणतन्त्र रहेका मुलुकहरूको अन्तर्राष्ट्रिय अभ्यास हेरेर संसद्लाई कसरी मर्यादित तुल्याएर लैजान सकिन्छ भन्नेमा ध्यान दिन आवश्यक रहेको बताउँदै उनले आवेग र आक्रोशमा बोल्ने नभई शान्ति र मर्यादाभित्र रही प्रस्तुत भएमा सदन र सांसदको मर्यादा बढेर जाने तर्क गर्छन् ।

दलीय व्यवस्थामा कुन दलका प्रतिनिधिबाट के भनियो र त्यसको कसरी प्रतिवाद गर्ने भन्ने भावनाले प्रेरित भएर आवेग र आक्रोशमा आई बेलाबखत सदनमा बोलेका र दिएका अभिव्यक्ति हटाउनुपर्ने अवस्था सिर्जना गरेको नेता यादवले धारणा राखे । उनले मुलुकले तीन तहका सरकारसहित सङ्घीय शासन व्यवस्थाको उच्चतम अभ्यास गरिरहेको भएता पनि सरकारबीच सहयोग र समन्वयको भावना कमजोर देखिएको विचार प्रकट गरे ।

उनी भन्छन्, ‘सरकारबीच सहयोग र समन्वयको ठूलो अभाव छ । सुरुआती दिनमा सिंहदरबारलाई गाउँमा कसरी पुर्याउने भन्ने चुनौती थियो, तर पुग्यो । अहिले तीन तहका सरकारबीच राम्रो सम्बन्ध छैन । यदि सङ्घीयतालाई व्यवस्थित तुल्याएर जान नसक्ने हो भने यस्तो प्रवृत्तिले विकृतिमात्रै दिन्छ ।’

देशका प्रमुख शक्तिले जनताको कल्याणका लागि भनी राजनीतिक परिवर्तनको आन्दोलनको आह्वान गरेकामा जनताले त्यसलाई पूर्ण साथ र सहयोग प्रदान गरेको घटना स्मरण गराउँदै उनले कृषकलाई सिँचाइ, समयमै मलखाद्य तथा पढाइ सकेर बसेका छोराछोरीका लागि रोजगारको सुनिश्चिता आवश्यक रहेको बताए । विगतमा जस्तो गरिब श्रम र घुमघामका जाने परिस्थितिमा परिवर्तन आएको बताउँदै सांसद यादवले रोजगारी, खेतीपातीलगायत अरु कयौं प्राविधिक कारणले समेत विदेश पलायन हुन बाध्य पारेको उल्लेख गरे ।

नेता यादवले भने, ‘राजनीतिक अस्थिरता, देशमा भविष्य र सम्भावना नदेखेका कारण हुनसक्छ अहिले सबै स्तरका मानिस विदेश गएको देखिन्छ, सरकारले नीतिगतरूपमा आफ्नै देशमा रोजगार सिर्जना गर्न सकेन भने केही वर्ष त रेमिट्यान्स बढ्ला तर त्यो देशका लागि हितकर नहुन सक्छ ।’

अन्नको भण्डार भनिएको तराई मधेसमा सिँचाइ र रासायनिक मल उद्योग स्थापना गरी अरु सुविधा समेत पुर्‍याएर कृषकलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउँदै उनले पर्यटन, विद्युत् विकास देशको आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ भन्ने सन्देश दिन सक्नुपर्ने बताए । संविधानसभाबाट संविधान जारी भएपछि दुई पटक आमनिर्वाचन भई संसद् गठन भएर सञ्चालन भइरहेको छ । उनले भने, ‘कहिले कुनै घटना, कहिले कुनै विधेयक त कहिले अरु कुनै विषयवस्तुका कारण सत्तापक्ष र प्रतिपक्षबीचको अविश्वासले पटक–पटक सदन अवरुद्ध हुँदा जनतामा निराशा पैदा भएको छ, दलहरूबाट अब त्यस्तो हुन दिन्नाैं भन्ने प्रतिबद्धता आवश्यक छ ।’

लामो समयसम्म सदन अवरुद्ध हुने, सदन कहिले चल्छ भन्ने सुनिश्चित नहुने तथा सदन छाडेर बाहिर जान पनि नमिल्ने अवस्थाले आफूहरू चुनाव जितेको यतिका अवधि बितिसक्दासमेत जनताको घरदैलोमा पुग्न नपाएको गुनासो गरे । सांसद यादवले भने, ‘चुनावमा जसले भोट दियो, सहयोग गर्यो त्यसका घरमा पनि छिर्न पाएको छैन । विधेयकमाथि काम गर्न पनि अवसर मिलेको छैन । सबै जनप्रतिनिधिले संसद्को मर्यादालाई बढाएरै लैजानु पर्छ भन्ने मेरो धारणा छ ।’ रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक...

घर घरमै चिकित्सा सेवा पुर्‍याउँदै डा चेवन

झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय ब...

पाल्पा टिपर दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

 पाल्पा । पाल्पामा शनिबार  बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...

नेपाली भूमि लिपुलेक पास हुँदै चीनसँग व्यापार खुलाउने भारतको तयारी

काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...

कांग्रेसमा ब्युँतियो विवाद- गगनलाई काउन्टर दिन पुरानै केन्द्रीय समिति बैठक राख्दै देउवा पक्ष

काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ ।  निर्वा...

कांग्रेस बैठक- सभापति थापाको राजीनामा अस्वीकृत गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ।  यसअ...

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...

पौवादुङमाका किसान उद्यममा जोडिदै

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...

आज कोशी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: