काठमाडौँ। न्याय परिषद्ले जिल्ला अदालतमा रिक्तमध्ये ३६ न्यायाधीशको पदपूर्ति गरेको छ । कार्यक्षमता, ज्येष्ठता र वरिष्ठताका आधारमा सात, खुला प्रतिस्पर्धाबाट एक र खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट पूरा हुन नसकेका बाँकी पदमा पनि परिषद्ले नियुक्ति एवं पदस्थापन गरेको हो ।
न्याय परिषद्को निर्णय अनुसार कार्यक्षमता, ज्येष्ठता र वरिष्ठताका आधारमा न्यायाधीश नियुक्त हुनेहरुमा वशिष्टकुमार घिमिरे, योगनाथ ढकाल, शम्भु गौतम, राजेन्द्रसिंह भण्डारी, रामचन्द्र शर्मा, ज्ञानेन्द्र इटेनी र कृतबहादुर बोहरालाई न्यायाधीशमा नियुक्त गरिएको छ । यस्तै खुला प्रतिस्पर्धाबाट पारसमणि पोखरेल नियुक्त भएका छन् ।
परिषद्को निर्णय अनुसार सञ्जीव पोखरेल, इन्द्रबहादुर कठायत, शम्भुप्रसाद बराल, हिरण्यप्रसाद भण्डारी, रुद्रमणि गिरी, दुर्गाप्रसाद खनाल न्यायाधीशमा नियुक्त भएका छन् । यस्तै उपेन्द्रकेशर खनाल, रेशराज शर्मा, लोकबहादुर हमाल, कोशलेश्वर ज्ञवाली, आनन्दराज पन्त, यदुराज शर्मा, नगेन्द्रकुमार कालाखेती, नगेन्द्रकेशरी पोखरेल, महेश खनाल पनि न्यायाधीशमा नियुक्त भएका छन् ।
यस्तै जुद्धबहादुर आलेमगर, मोना सिंह, नेत्रप्रसाद भुसाल, रामप्रसाद पौडेल, कुमार मास्के, दिनेन्द्र थापामगर, रामाकान्त यादव, नीलकण्ठ बराल, प्रदीपकुमार उपाध्याय, शिवकुमार पोखरेल, श्यामप्रसाद श्रेष्ठ र उषा श्रेष्ठ पनि जिल्ला न्यायाधीशमा नियुक्त भएका छन् ।
परिषद्ले आन्तरिक र खुला प्रतिस्पर्धाको परीक्षाबाट पूर्ति हुन नसकेका २८ पदमा पनि नियुक्ति र पदस्थापन गरेको हो । २९ जनाका लागि भएको प्रतिस्पर्धामा लिखित परीक्षामा एक जना मात्र सिफारिस भएपछि २८ जनाको पदपूर्ति हुन सकेको थिएन । बैठकले १७ जिल्ला न्यायाधीशको सरुवा पनि गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: