अर्घाखाँची । मालारानी गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालयमा चार महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ ।
गणित शिक्षकका लागि तीन पटकसम्म विज्ञापन खुलाए पनि एउटा पनि दरखास्त नपरेको विद्यालयका प्रधानाध्यापक कमल पछाइले बताए । राम्रो विषय लिएर पढेका युवा जनशक्ति रोजगारी तथा अध्ययनका लागि विदेशमा जाने चलनले गाउँमा शिक्षक पाउन नसकिएको उनको भनाइ छ ।
शीतगङ्गा नगरपालिका–९ को पाकुरी माध्यमिक विद्यालयले पनि गणित र विज्ञान विषयका लागि तीन पटकसम्म विज्ञापन आह्वान गर्दापनि शिक्षक पाउन सकेको छैन् । नगरपालिकाको विकट क्षेत्र मानिने सिद्धाराको पाकुरी माविमा गणित र विज्ञान विषयको शिक्षक पाउन नसकेपछि पढाइ प्रभावित भएको शीतगङ्गा नगरपालिकाका शिक्षा अधिकृत विनोद पोख्रेलले बताए । पढेलेखेका मानिस विदेश पलायन हुन थालेपछि विद्यालयमा दक्षजनशक्तिको अभाव बढेको उनको भनाइ छ ।
“पहिले विद्यालयमा शिक्षकको कुनै कमी हुदैनथ्यो । तर पछिल्लो समयमा अर्घाखाँचीका विद्यालयले एउटै पदका लागि पटक–पटक शिक्षकको विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन सकिएको छैन”, शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीका प्रमुख मणिराम पराजुलीले भने ।
विष्णुपथ चौपारी आधारभूत विद्यालय शीतगङ्गा नगरपालिका–७ लामातालमा पनि गणित र विज्ञान विषयको शिक्षकका लागि तीन पटकसम्म विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन सकिएको छैन ।
पाणिनी गाउँपालिका–७को जनसेवा माध्यमिक विद्यालयले पनि माध्यमिक तहमा विज्ञान विषयको शिक्षक आह्वानका लागि विज्ञापन भए पनि अहिलेसम्म शिक्षक पाएको छैन । पाँच पटकसम्म विज्ञापन आह्वान गर्दा पनि शिक्षक नपाएको प्रधनाध्यापक शालिकराम बेल्वासेले बताए । उले भने, “पाँचौँ पटकको विज्ञापनमा दुई जनाले दरखास्त दिनुभएको छ, तर परीक्षा नहुँदै शिक्षक पायौँ भन्ने अवस्था छैन ।” यसअघि एक जनाले दरखास्त दिएको तर पछि विद्यालय टाढा भयो भनेर नआएको उनको भनाइ छ ।
पछिल्लो समय विद्यार्थी विज्ञान विषय लिएर उच्च माध्यमिक तह तथा बिएसी पास गरिसकेपछि अध्ययन तथा रोजगारीका लागि विदेशमा जानेर र उतै बस्ने परिपाटीले गाउँमा रहेका विद्यालयमा शिक्षक पाउन नसकिएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: