सिन्धुली । सिन्धुलीकाे कमलामाई नगरपालिका-६ माझिटारबाट नियन्त्रित लागूऔषध सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही कोडैना गाउँपालिका-६ बस्ने २० वर्षीय सुनिल कुमार यादव समेत ३ जना रहेका छन् ।
प्रहरीले उनीहरुकाे साथबाट नाइट्राभेट ६ हजार ट्याब्लेट र डायलेक्स-डिसी लेखिएको एकसय एमएलको ७ सय ४९ बोतलसहित बरामद् गरेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले एचआर १० एस ३०५६ नम्बरको भारतीय कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
यसै गरी कपिलवस्तुकाे बाणगंगा नगरपालिका-३ वभनीबाट एकजना पक्राउ परेका छन् । साेही नगरपालिका-९ जगदिशपुर बस्ने २६ वर्षीय घनश्याम मुराउलाई बुधबार साँझ प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ३० मिलिग्राम र नगद २८ हजार रूपैयाँसहित पक्राउ गरेकाे हाे ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले लु.८३ प ९७६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएकाे छ ।
यसंगरी कैलालीकाे टिकापुर नगरपालिका-९ स्थित सडकबाट अवैध लागूऔऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ७० मिलिग्रामसहित बर्दगोरीया गाउँपालिका- २ बौनीया जगतपुर बस्ने २५ वर्षीय रबिन्द्र टमट्टा पनि बुधबार साँझ पक्राउ परेका छन् ।
प्रहरी चौकी लाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएकाे छ । पक्राउ परेका सबैका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: