ललितपुर । ललितपुर महानगरपालिका–६ को सौगल टोलमा ऐतिहासिक ढुङ्गेधारा छ । मल्लकालीन समयको ऐतिहासिक धारा कहिले निर्माण भएको र कसले निर्माण गरेको जानकारी छैन । अझै अध्ययनको विषय छ ।
सौगल टोलको ढुङ्गेधारामा पानी आइरहेको भए पनि धारासँगै लेखिएको छ, “पानी फोहर भएको कारणले नखाई दिनुहोला ।” ऐतिहासिक ढुङ्गेधाराबाट झरेको पानी दूषित भएकाले प्रयोगविहीन भएको छ । निजी धारामा पानी हप्तामा दुई दिन आउँछ । स्थानीयवासीले ट्याङ्करको पानी प्रयोग गरिरहेका छन् ।
विसं २०१५ मा राजा महेन्द्रले धारालाई पुनःनिर्माण गरेपछि ढुङ्गेधारा प्रयोगमा आएको इतिहास छ । ढुङ्गेधाराको पानी पिएर हुर्केको अनुभव सुनाउनुहुन्छ सौगल टोल सुधार समितिका सल्लाहकार ८० वर्षीय बत्सगोपाल वैद्य । उनले भने, “पहिले हामी ढुङ्गेधाराकै पानी प्रयोग गथ्र्यौं । अहिलेको जस्तो ट्याङ्करको पानी प्रयोग हुँदैनथ्यो । ढुङ्गेधाराको पानी पिउन र कपडा धुनका लागि टोलवासीलाई प्रशस्त पुग्थ्यो ।”
पानीको मुहानबाट नै पानी नझर्नु र बस्ती विस्तारका क्रममा राजकुलो मासिनुले पहिलेको जस्तो पानी धारामा झर्दैन । फागुनदेखि वैशाखसम्म त ढुङ्गेधारामा पानी आउन नै बन्द हुन्छ । करिब तीन महिना जति ढुङ्गेधारा सुक्खा अवस्थाामा हुन्छ । आजभन्दा केही वर्षअघि धारामा वर्षभरि निरन्तर पानी झरे पनि आजभोलि बर्खायाम सुरु भएपछि मात्र पानी झर्ने गरेको स्थानीयवासी बत्सगोपाल वैद्य बताउँछन् ।
पाटन दरबार क्षेत्रको आसपासको टोलमा धेरै राणाकालीन ढुङ्गेधाराहरु छन् ती ऐतिहासिक धाराहरुमा अहिले पानी झर्दैन । सौगलको मल्लकालीन ढुङ्गेधारामा पुनःनिर्माणपछि पानी झरे पनि पानी प्रयोगविहीन छ । तीव्र रुपमा बस्ती विस्तार गर्ने क्रममा राजकुलोमा ढलको पानी मिसिएको हुनसक्ने स्थानीयवासी रवीन्द्रनारायण मानन्धरले बताए । उनले भने, “ढुङ्गेधारामा मुहानबाट राजकुलो हुँदै पानी आउने हो । राजकुलोलाई व्यवस्थित गर्न नसक्दा ढल विस्तार गर्ने क्रममा ढलको पानी कुलोमा मिसिएकाले पानी दूषित आएको छ । त्यसकारणले दूषित पानी पिएर कुनै पनि व्यक्ति बिरामी नपरोस् भनेर सूचना टाँसेका छौँ ।”
मल्लकालीन समयको ऐतिहासिक ढुङ्गेधारामा पानी झर्दा सौगल टोलको शोभा बढाएको छ भने पर्यटकहरुका लागि पनि ढुङ्गेधारा हेर्न पुग्नुपर्ने गन्तव्य बनेको छ । पाटन दरबार क्षेत्रमा सुन्धारालगायत धेरै धाराहरु छन् तर ती धाराको पानी पिउन मिल्दैन । ढुङ्गेधाराको पानी पिउनयोग्य बनाउनका लागि सरकारले पहल गर्नुपर्ने स्थानीयवासीको आग्रह छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: