काठमाडौं । इन्डोनेसियाकी टिकटकर लिना लुत्फियावाटिसलाई सुँगुरको मासु खाएको भिडिओ बनाएर टिकटकमा पोस्ट गरेको अभियोगमा कडा सजाय सुनाइएको छ । उनलाई गत साता इन्डोनेसियाको मुस्लिम संस्था ‘उलेमा काउन्सिल’ ले दुई वर्ष जेलका साथै १६,२६९ डलर (करिब साढे २१ लाख रूपैयाँ) जरिवाना तोकेको हो ।
लिनाले विभिन्न मासुजन्य व्यञ्जनहरूको भिडिओ बनाएर टिकटकमा पोस्ट गर्ने गरेकी थिइन् । यसले नै उनलाई ख्याति दिलाएको थियो । उनले अहिलेसम्म माछा, गँगटा, शंखेकिरा, झिँगेमाछा तथा विभिन्न जनावरका मासुजन्य परिकारको भिडिओ बनाएर हालिसकेकी छन् । तर, सुँगुरको मासु खाएको भिडिओ भने उनका निम्ति महंगो पर्यो ।
इन्डोनेसिया मुस्लिम बाहुल्य मुलुक हो । यहाँको २५ करोड ५० लाख जनसंख्यामा झण्डै ९० प्रतिशत हिस्सा मुस्लिमहरूले ओगटेका छन् । विश्वको सबैभन्दा ठूलो मुस्लिम जनसंख्या भएको मुलुक इन्डोनेसिया नै हो । यहाँ सुँगुर खानमात्र होइन, छुनसमेत बर्जित छ । लिना भने हिन्दू धर्मावलम्वी हुन् । उनले खान सुरू गर्नुभन्दा अगाडि ‘बिस्मिल्लाह’ भनेकी थिइन् ।
टिकटकमा लाखौं फलोअर्स भएकी लिनाले पोस्ट गरेको भिडिओले इन्डोनेसियामा हंगामा नै मच्चिएको थियो । धर्मनिरपेक्ष प्रजातान्त्रिक मुलुक भए पनि इन्डोनेसियामा ईश्वर निन्दासम्वन्धी कडा कानून छ । त्यसै अन्तरगत उनीमाथि मुद्दा लगाइएको हो । सन् २०१७ मा चुनावी अभियानका क्रममा कुरानको अपमान गरेको आरोपमा यही कानून अन्तरगत जाकार्ताका तत्कालीन गभर्नर बासुकी त्जाहाजा पुर्नामालाई दुई वर्षको जेल सजाय सुनाइएको थियो । त्यतिमात्र होइन, आफ्नो घरनजिकको मस्जिदमा लाउडस्पिकर बजाइएको भनेर गुनासो गरेकी एक बुद्धिष्ट महिलालाई यही कानूनमा टेकेर १८ महिना जेल राखिएको थियो ।
लिनाले आफ्नो गल्ती स्वीकार्दै कयौंपटक माफीसमेत मागेकी थिइन् । उनले पत्रकारहरुसँग भनिन्, ‘मैले गलत गरिरहेको छु भन्ने थाहा थियो, तर दुई वर्षको जेल सजाय अपेक्षा गरेको थिइनँ ।’
लिना जाकार्तामा बस्छिन् भने उनको व्यवसायीक कारोबार भारतमा पनि छ । उनी टिकटकमा लिना मुखर्जीको नाममा भिडिओ पोस्ट गर्ने गर्छिन् । पोर्क खाएको भिडिओ भने उनले आफ्नो अफिसियल अकाउन्टबाट नभइ वैकल्पिक अकाउन्टबाट पोस्ट गरेकी थिइन् । भिडिओमा उनले यसअघि दुईपटक सुँगुरको मासु खाएको बताएकी छिन् ।
पहिलो बाइट लिएपछि उनी भन्छिन्, ‘टिकटकमा भनिएजस्तो स्वादिष्ट रहेनछ । मलाई खासै स्पेसल लागेन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - २२:०१
हेटौंडा । विश्व रक्तदाता दिवसको अवसरमा मकवानपुरको हेटौंडामा बृहत् खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। खड्का समाज मकवानपुर र रक्तदाता समाज मकवान...
जेष्ठ २७ गते, २०८३ - २२:००
काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै रासायनिक मल अभावको चिन्ता बढिरहेका बेला भारतबाट ५० हजार मेट्रिक टन मल नेपाल आउने निश्चित भएको छ। सरकार–...
जेष्ठ २७ गते, २०८३ - २१:५५
विराटनगर । मोरङको कानेपोखरीस्थित शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलको बहुचर्चित ठगी प्रकरणमा भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेलसमेत अनुसन्धानक...
जेष्ठ २७ गते, २०८३ - २१:४५
काठमाडौं । पछिल्ला केही दिनयता सक्रिय बनेको मौसम प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। राजधानीको कपन क्षे...
जेष्ठ २७ गते, २०८३ - २१:४३
काठमाडौं । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनाबारे सर्वोच्च अदालतले सम्बन्धित सरकारी...
जेष्ठ २७ गते, २०८३ - २०:१२
बाजुरा । रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा ...
जेष्ठ २७ गते, २०८३ - ०९:३६
सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...
जेष्ठ २७ गते, २०८३ - ०९:३०
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...
जेष्ठ २७ गते, २०८३ - ०९:१४
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...
जेष्ठ २७ गते, २०८३ - ०९:११
काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...



प्रतिकृया लेख्नुहोस्: