Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

चिकित्सकमाथि भएकाे बढ्दाे हातपातका विरुद्व त्रिवि शिक्षण अस्पतालका चिकित्सक आन्दोलित

मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरुले गरे एक साताका लागि सेवा बन्द

खबरडबली संवाददाता

काठमाडौं । शिक्षण अस्पतालका रेसिडेन्ट डाक्टरले आकस्मिक बाहेकका सेवा ठप्प पार्दै र्‍याली निकालेका छन् । लगातार जस्तो चिकित्सकमाथि हातपात भइरहेको बताउँदै रेसिडेन्ट डाक्टरहरुले आकस्मिक बाहेकका सेवामा आफूहरु संलग्न नहुने बताएका छन् ।

हिजो मात्रै चितवन र पोखरामा थप घटना भएकाले सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने गरी आन्दोलन गरिएको शिक्षण अस्पताल अन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष आनन्द सिंहले जानकारी दिए ।

त्यसअघि शिक्षण अस्पताल रेसिडेन्ट चिकित्सक संघले विज्ञप्ति जारी गर्दै आफूहरुले काम छाडेको जानकारी गराएको थियो । राष्ट्रिय आवासीय चिकित्सक संघ शिक्षण अस्पतालका तर्फबाट सभापति सन्दीपकुमार ओखेडाले र्‍यालीका लागि आह्वान गरेका थिए । सोही आह्वान अन्तर्गत अस्पतालमा कार्यरत चिकित्सक र त्यहाँ अध्ययनरत विद्यार्थीले र्‍याली निकालेर माइतिघरतर्फ आइरहेका छन् । 
 

384075204_198312916598624_632682690229681350_n1695658549.jpg

यसं गरी पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरुले एक साताका लागि सेवा बन्द गरेका छन् । चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही नभएसम्मका लागि आफूहरुले सुरक्षित भएर काम गर्न नसक्ने भन्दै सेवा बन्दको घोषणा गरेका हुन्। 

सोमबार साँझ आवासिय तथा इन्टर्न चिकित्सहरुले एक सूचना जारी गर्दै चिकित्सकमाथि हातपात गर्नेलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने र दोषीलाई बिना धरौटी जेल चलाउनको कानुनी सुनिश्चितता नभएसम्मका लागि सेवा दिन नसक्ने बताइएको छ।

उनीहरुले उक्त कुराको सुनिश्चितता नभएसम्मका लागि अस्पतालमा प्रदान गरिँदै आएको ओपीडी, वार्ड, आइसीयू, आकस्मिक प्रयोगशालालगायतका सेवा बन्द गरिएको जानकारी दिएका छन् । 

अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका थिए। लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो । दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोडसमेत गरेका छन् ।

नेपालमा पछिल्लाे समय अस्पतालहरुमा चिकीत्सकहरुलाई हातवपात निरन्तर भइ रहेकाे छ । केही दिन यता मात्रै निरन्तर बिभिन्न स्थानहरुमा चिकीत्सकहरुलाई हातपात भएकाे हाे । मकवानपुरकाे हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएकाे  एक साता नबित्दै कञ्चनपुरमा स्वास्थ्यकर्मीमाथी कुटपिट भएकाे थियाे भने त्यसकाे पनि एकसाता नबित्दै  साेमबार पाेखराकाे मणिपालमा चिकित्सकमाथि हातपात भएका छन् ।

याेपनि पढाैं

हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात: कारबाहीको माग

मकवानपुरमा डाक्टर कुटेकाे एक साता नबित्दै कञ्चनपुरमा स्वास्थ्यकर्मीमाथी कुटपिट

पाेखराकाे मणिपालमा चिकित्सकमाथि हातपात

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा

जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा– १ मा पहिलो बायो प्लास्टिक उद्योग सञ्चालनमा आएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले सो...

पहिचानवादी–परिवर्तनकारी मोर्चाबन्दी हुँदा पुराना दलहरू गम्भीर राजनीतिक संकटमा पर्ने संकेत

काठमाडौं । नेपाली राजनीति फेरि एकपटक निर्णायक संक्रमणकालीन मोडमा प्रवेश गरेको छ। दशकौँदेखि सत्ता र राजनीतिका केन्द्रमा रहेका परम्परागत दलहरू—नेपाली का...

ओलीको वर्चस्वलाई खुला चुनौती

५० वर्षे राजनीतिमा ईश्वर पोखरेलको ‘अन्तिम दाउ’, अध्यक्षमा उम्मेदवारी

सर्लाहीको उखु खेतमा भीषण आगलागी

५० बिघाभन्दा बढी उखुबाली नष्ट, करिब ३ करोडको क्षति

एमाले महाधिवेशनः अपरान्ह ४ बजेपछि मात्रै मतदान, एक मत हाल्न ४० मिनेट लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचन अपरान्ह ४ बजेपछि मात्रै सुरु हुने भएको छ। यसअघि दिउँसो १ बजेदेखि मतदान हुने भनिए पनि प्र...

एमाले महाधिवेशनमा शक्ति संघर्ष उत्कर्षमा

३०१ सिटका लागि ६०३ भिडन्त: एमाले नेतृत्वमा खुला युद्ध, ओली–पोखरेल दुई प्यानल आमनेसामने

एमालेमा को–को भए निर्विरोध ?

काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै कतिपय उम्मेदवार निर्विरोध भएका छन् ।  लुम्बिनी प्रदेशबाट ...

पश्चिमी वायुको आंशिक प्रभाव कायमै : कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहा...

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending