Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

१९ वर्षीय अनिष : जसले लोकसेवाका सात परीक्षा उत्तीर्ण गरे

खबरडबली संवाददाता

गुल्मी । गुल्मीका अनिष गिरीले १९ वर्षको उमेरमै लोकसेवाका सात परीक्षा उत्तीर्ण गरेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेका अनिष गिरीले १८ वर्ष पुगेपछि दिएका सात वटै परीक्षा सफलतापुर्वक उत्तीर्ण गरेका हुन् ।

गत असारमा मात्र १९ वर्ष पुगेका गिरीले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको प्रशासनतर्फ वरिष्ठ सहायक पाँचौ तह, लेखातर्फ वरिष्ठ लेखा सहायक पाँचौ तह, नेपाल वायुसेवा निगमको लेखातर्फ पाँचौ तह, लुम्बिनी प्रदेश निजामतीकाे प्रशासनतर्फ सहायकस्तर पाँचौ तह, लुम्बिनी प्रदेशबाट स्थानीय तहतर्फ सहायक पाँचौ तह प्रशासन, लेखातर्फ लेखा सहायक पाँचौ तह र आन्तरिक लेखा परीक्षण तर्फ आलेप सहायक पाँचौ तहमा उत्तीर्ण भएका हुन् ।

गिरी हाल नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडकाे भैरहवा शाखामा बरिस्ठ लेखा सहायक पदमा कार्यरत छन् । उनले उमेर पुगेपछि सम्भवतः सबैभन्दा छाेटाे समयमा लाेकसेवाले लिएकाे नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा नाम निकालेका थिए । सानै उमेरमा सफल भइरहेका अनिष गिरीले आफूले गरेको मेहनतले सार्थकता पाउँदा खुसी लागेको बताउँछन् । 

परिवारबाटै लाेकसेवामा प्रेरित भएका गिरी छाेटाे समयमै धेरै परिक्षामा सफल हुँदा हर्षित भएको बताए । उनी भन्छन् ‘मुख्यतः पारिवारिक हौसला नै हो अनि अर्को युवाको हैसियतले केही गर्नुपर्ने हुँदा यतातिर लाग्दा देश तथा आफूलाई पनि हित हुने भएकाले आकर्षण रह्यो । त्यसपछि गुल्मीको माहाेल नै लोकसेवामय हुँदा थप केही भन्नुपर्ने जस्तो मलाई लाग्दैन ।’

गिरीको परिवारमा दाजु मनिष गिरी निजामती सेवामा छन् । बुबा धनु गिरी स्थायी शिक्षक हुन् । उनी छापहिले माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending