काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई मरनासन्न हुने गरी कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
चलाउनेलाई कुटपिट गरेको अभियोगमा मुद्दा चलाइएका सातजना प्रतिवादीहरुमध्ये एकजना षयषु भन्ने सयुज श्रेष्ठलाई प्रहरीले उनको रातोपुलस्थित घरनजिकैबाट पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता कुमोद ढुंगेलले श्रेष्ठलाई पक्राउ गरिएको पुष्टि गरे।
सयुजलाई साढे दुइ वर्षअघि पाटन उच्च अदालतले पाँच लाख धरौटी मागेको थियो। उक्त प्रकरणमा सयुजबाट चलाउनेलाई एक लाख अन्तरिम क्षतिपूर्ति जम्मा गर्ने आदेश पनि गरेको थियो।
अदालतको उक्त आदेशलाई अवज्ञा गरी बसेका उनी बिहीबार घरनजिकै रातोपुलबाट पक्राउ परेका हुन्।
चलाउनेको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा लम्बिरहँदा एकजना अभियुक्त समातिएका हुन्। सबै अंग पुगिसकेर फैसला चरणमा पुगिसकेको भनिएको मुद्दा यही मंगलबार फेरि प्रमाण बुझ्ने चरणमा फर्किएको थियो
हेर्दाहेर्दैमा राखी लगातार सुनुवाइ गर्न लागिएको मुद्दामा घाउ जाँच गर्ने डाक्टरसँग बुझ्ने आदेश काठमाडौं जिल्ला अदालतबाट मंगलबार भएको थियो।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको इजलासमा सोमबार र मंगलबार भएको सुनुवाइपछि यो आदेश भएको थियो।
चलाउनेविरुद्ध ०७७ असोज २० गते नेविसंघका नेता कार्यकर्ताहरूले मरनासन्न हुनेगरी सांघातिक आक्रमण गरेका थिए।
योगेन्द्र रावल, दीपकराज ओझा, हरिप्रसाद आचार्य, रुपेश साह, रविनकुमार लामा, सयुज श्रेष्ठ र निरज रानामगरविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाइएको छ।
कांग्रेससमेत सहभागी वर्तमान सरकारले मुद्दा फिर्ता लिने निर्णय गरे पनि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोकिदिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: