Ntc summer Offer
Khabar Dabali २४ मंसिर २०८० आईतवार | 10th December, 2023 Sun

पाकिस्तानलाई हराउँदै भारतले जित्यो यु–१९ साफ च्याम्पियनसिपको उपाधि

खबरडबली संवाददाता

काठमाडौँ। पाकिस्तानलाई ३–० ले पराजित गर्दै भारतले तेस्रो पटक साफ यू–१९ च्याम्पियन बनेको छ ।

मालिङथन किप्गेनको २ गोल र गोगमसर गोयारीले अन्तिम समयमा गरेको गोलको मद्दतमा भारतले पाकिस्तानमाथि सहज जित हासिल गरेको हो ।

डिफेन्डिङ च्याम्पियन भारतले यो सहित तेस्रो पटक यू–१९ साप च्याम्पियनसिप जितेको हो । भारतले यसअघि सन् २०२२ र सन् २०१९ मा बंगलादेशलाई हराउँदै यो उपाधि जितेको थियो ।

शनिबार पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भारतका लागि ६४ औं मिनेटमा किप्गेनले गोल गरे। उनले पाकिस्तानका ५ जना भन्दा बढी डिफेन्डरलाई छलाउँदै गोल गर्न सफल भएका थिए । उनैले ८५ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै भारतको अग्रता दोब्बर पारे।

 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनएसएल : बुटवल लुम्बिनीले काठमाडौंलाई हरायो

काठमाडौं। नेपाल सुपर लिग एनएसएलमा शनिबार बुटवल लुम्बिनीले काठमाडौं रेजर्सलाई हराएको छ ।  दशरथ रंगशालामा शनिबारको दोस्रो खेलमा बुटवलले साविक विजेता ...

बागलुङमा एकै रात ६ घरमा चोरी

बागलुङ। बागलुङमा एकै रात छ घरमा चोरी भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–५ खौलार बजारमा छ घरमा घरबाट सुनसहित रु पाँच लाख बराबरको चोरी भएको हो । गाउ...

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

काठमाडौं। भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पंक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ। पंक्षी संरक्षण तथा अन्वेषणकर्ता ...

राष्ट्रियसभा निर्वाचनका लागि आयोगले गर्‍यो दल दर्ता आह्वान

काठमाडौं।राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ। आउँदो माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर...

एनसेल प्रकरणमा नाम मुछेको भन्दै प्रधानमन्त्री सचिवालयले जनायो आपत्ति

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयले तथ्य प्रमाणबिना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।  केहीदिन अघि...

देश बनाउन भ्रष्टाचारीलाई जनकारबाही गर्नुपर्छ : प्रभु साह

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले देश बनाउन भ्रष्टाचारीलाई जनकारबाही गरिनुपर्ने धारणा राखेका छन्।  उनले आज देशमा भ्रष्टाचार एक ...

सङ्कल्प यात्रामा प्राप्त सुझाव पूरा गर्ने ओलीको प्रतिबद्धता

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्कल्प यात्राका क्रममा प्राप्त सुझावलाई सम्बोधन गरिने बताएका छन् । पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ...

लेबनान–इजरायल सीमामा भिडन्त, ६ जनाको मृत्यु

काठमाडौं। लेबनान–इजराइल सीमामा शुक्रबार भएको भिडन्तमा चार हिजबुल्लाह लडाकु र प्यालेस्टिनी इस्लामिक जिहाद पिआइजे अभियानका दुई सदस्य मारिएको लेबनानी सैन...

सकियाे राप्रपा नेपालकाे कार्य सम्पादन समितिको बैठक, भाेलि केन्द्रीय समिति बैठक पनि

काठमाडौं। राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । बैठकले भोलि देखि काठमाडौँमा सुरु हुने केन्द्रीय समितिको बैठकको एजेन्डा सङ...

गृहमन्त्रीलाई भेट्न अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेकी छन् । गत मंगलबार रात...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies