Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

गगन थापाको प्रश्न : यो सरकार कसको?

खबरडबली संवाददाता

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनको सरकार जवाफदेही नहुने स्थिति बनेको बताएका छन्। 

कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा थापाले वर्तमान सरकारमा सहभागी कांग्रेसका मन्त्रीलाई फिर्ता बोलाएर समाजवादी मोर्चालाई नै सरकार चलाउन दिनुपर्ने बताएका हुन्।

‘यो सरकार चाहिँ हो कसको? ०८० सालमा सरकार चलाउने ०८४ सालमा उत्तर दिने बेला एक जना पनि हुँदैन। सरकार भनेको जवाफदेही हुनुपर्छ। चुनावमा जाँदा सरकारले राम्रो गर्‍यो कि नराम्रो गर्‍यो भन्न अलमल हुन्छ,’ उनले भने, ‘यो दुई वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिऔँ। कांग्रेसका मन्त्री फिर्ता बोलाऔँ। फ्ओलरबाट समर्थन जनाऔँ। असहमति जनाउने ठाउँमा असहमति जाने सहमति जनाउने ठाउँमा सहमति जनाउने सरकार उहाँहरूले चलाउनु हुन्छ। त्यसपछिको दुई अढाइ वर्ष कांग्रेसले चलाउन पाउनुपर्छ। कांग्रेसले एक्लै चलाउँछ। त्यो एक्लै चलाउँदाको जस पनि कांग्रेस एक्लैले लिन्छ। अपजस पनि कांग्रेसले लिन्छ। यो कुरा प्रदेशमा पनि सोचौँ।’

०८४ सालको चुनावमा गठबन्धन नहुने उनको भनाइ छ। ‘०८४ सालको चुनावमा गठबन्धन हुँदै हुँदैन। यो लेखेर राख्नुहोस्। कसैले गठबन्धन गर्छु भन्यो भने बहसै गर्नुपर्दैन। त्यो बहसमा कांग्रेस प्रवेश गर्न पनि पाउँदैन। त्यो सकियो। ८४ मा कांग्रेस र माओवादीका बीचमा पनि चुनाव हुन्छ,’ उनले भने, ‘पाँच वर्षपछि सरकारले राम्रो काम गर्‍यो भनेर घोषणापत्रमा कसले लेख्ने रु अहिले हामी सरकारले केही नै गरेन भन्दै छौँ। हाम्रो भागमा प्रधानमन्त्री आएका बेला उसले ९माओवादी० पनि केही गरेन भन्छ। सबै जोड्दा चार केही भएन भन्ने निष्कर्ष निस्किने भयो। यसको जिम्मा कसले लिन्छ रु’

महामन्त्री थापाले नेपाली समाजले आज आत्मविश्वास गुमाएको पनि बताए। ‘त्यो आत्मविश्वासलाई नेपाली समाजमा फेरि पुनर्स्थापित गर्ने कांग्रेसको धर्म हो। एउटा आशा चाहियो, एउटा भरोसा चाहियो। त्यो आशा र भरोस दिन सक्नुपर्‍यो नेपाली कांग्रेसले। अहिलेको परिस्थितिमा नेपाली काँग्रेस अडिने ठाउँ कहाँ हो रु यसबारे महासमिति बैठकमा खोज्नुपर्ने छ ,’ उनले भने।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending