Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

तीन देशका शिवधाम पुगेर प्रचण्डले दिन खोजेको सन्देश के हो?

खबरडबली संवाददाता

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीवार तिब्बतमा अवस्थित कैलाश मानसरोवरको भ्रमण गरेपछि सत्ता सम्हालेयता विशेषगरी शिवसँग सम्बन्धित तीनवटा प्रमुख धार्मिकस्थलको भ्रमण गरेका छन्।

गएको जुनमा भारत भ्रमणमा जाँदा उज्जैनस्थित महाकालेश्वरको मन्दिर पुगेर आफ्नो धार्मिक यात्रा सुरु गरेका उनले त्यसलगत्तै काठमाण्डूस्थित पशुपतिनाथ मन्दिरमा पुगेर पूजा अर्चना गरेका थिए। प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल सरकारको नेतृत्व गरिरहेका प्रचण्डले आफ्नो यसपटकको चीनभ्रमणमा मानसरोवरलाई पनि प्रमुख गन्तव्य बनाएका छन्।

त्यसो गरेर उनले नेपालभित्रका 'हिन्दु धर्मावलम्बी र हिन्दुवादी पार्टी सत्तामा रहेको भारतको संस्थापन पक्षलाई सन्देश दिनखोजेको' अर्थ लगाइएतापनि कैयौँ विरोधाभासपूर्ण व्यवहारका कारण भ्रमणको उपादेयताप्रति विज्ञहरू आशङ्का व्यक्त गर्छन्।

मानसरोवर यात्राको साइत

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन सेप्टेम्बर १६ मा न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सोझै चीन पुगेका थिए। चिनियाँ राष्ट्रपति सी जिनपिङसँग एशियाली खेलकुद भइरहेको शहर हान्झाउमा भेटवार्ता गरेका उनले प्रधानमन्त्री ली चियाङसँग बेइजिङमा भेटवार्ता गरेका थिए।

प्रचण्ड

ती भेटवार्तापछि चीनको अर्को शहर चोङचिङ घुमेर तिब्बत पुगेका नेपाली प्रधानमन्त्रीले बिहीबार मानसरोवरको भ्रमण गरेका हुन्। हिन्दु र बौद्धमार्गी दुवैले पवित्र तीर्थस्थलका रूपमा मान्ने मानसरोवरको उनको यात्रालाई विगतकै धार्मिक यात्राहरूको निरन्तरताका रूपमा पनि कतिपयले हेरेका छन्।

देशसञ्चार डट कमका सम्पादक युवराज घिमिरे 'धार्मिक स्थलहरूको भ्रमण गरेर प्रचण्डले आफू हिन्दु विरोधी नभएको सन्देश प्रवाह गर्ने कोसिस' गरिरहेको ठान्छन्।

उनले भने, “उनले म माओवादी र धर्म निरपेक्ष भएपनि हिन्दु विरोधी होइन भनेर देखाउन चाहेका छन्। देशभित्र जुन हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा विभिन्न कुराहरू उठिराख्छ, त्यसमा एउटा निरन्तरता छ र कुनै विन्दुमा त्यो उर्लिन सक्छ भन्ने उनलाई थाहा छ, त्यही भएर उनी हिन्दु मुद्दामा प्रवेश गरेर राजतन्त्रलाई सन्तुलनमा राख्ने प्रयास पनि हो।”

नेपालमा हिन्दुवादी मुद्दा पनि राजनीतिको एउटा बलियो अंश बन्न पुगेको घिमिरे जस्ता कैयौँ विश्लेषकहरू ठान्छन्।

उनले थपे, “उनले आफूलाई त्यो मेरो प्रतिवद्धता नै हो। म भारतमा महाकालेश्वरमा पनि गएँ। नेपालमा पशुपतिनाथमा पनि गएँ र चीनमा गएको बेला त्यहाँ पनि भनेर एक किसिमले भारतका शिवलाई, नेपालका शिवलाई र चीनका शिवलाई सम्बोधन गर्ने कोसिस गरेको देखाइरहेका छन्। अहिले ॐ लगायत विभिन्न कुराहरू आइरहेका छन्। धर्मको विरुद्ध वा हिन्दु धर्म विरुद्ध उभिएको भन्ने जुन सन्देश छ त्यसलाई उनी खण्डन गर्न चाहन्छन्।”

अध्यात्मबारेका जानकार के भन्छन्?

धार्मिक मामिलाका कैयौँ जानकारहरू 'धार्मिकस्थलको भ्रमणको विरोध गर्नुपर्ने कुनै कारण आफूहरूले नदेखेको भएपनि प्रचण्डको विगतका व्यवहारहरूका कारण उनलाई पत्याइहाल्ने अवस्था आफूहरूले नदेखेको' बताउँछन्।

हिन्दु धर्म तथा आध्यात्मका बारे जानकार चिन्तामणि योगी 'तीर्थस्थल दर्शन गर्दा एउटा र त्यसपछि अर्को व्यवहार गर्नु डरलाग्दो भएको' ठान्छन्।

उनले भने, “भारतको तीर्थचाहिँ प्यारो हुने, कैलाशको मनसरोवर प्यारो हुने। त्यहाँ गएर म धार्मिक हुँ, आध्यात्मिक हुँ र हिन्दु संस्कृति, संस्कार, सनातन परम्परा र सम्पदासँग सम्बन्धित हुँ भनेर भन्ने अनि देशको प्रमुखका नाताले मेरो दायित्व छ भनेर सिद्ध गर्न खोज्ने गरेको देखिन्छ।”

योगी थप्छन्, “तर देशभित्र चाहिँ 'गाई काण्ड' का विषयमा मौन रहनु र त्यसलाई समुचित तरिकाले सम्बोधन गर्ने कोसिस नगर्नु, ॐ शब्दका बारेमा देखिएको विवादबारे बोल्न नसक्नु यो पाखण्डको राजनीति कहिलेसम्म गर्ने हो त्यो चिन्ताको विषय हो।”

उनले प्रधानमन्त्रीले धार्मिक स्थलहरूमा गरेका भ्रमणहरूको प्रतिविम्ब व्यवहारमा आउनुपर्ने भन्दै त्यो नआउँदा जनता अन्योलमा परेको बताए।

उनले दक्षिण एशियामा कैयौँ देशहरूका नाम समेत स्पष्ट नभएको बेला आफ्नो मौलिक पहिचान सहित अस्तित्वमा नेपाल रहेको भन्दै 'देशको सनातन परम्परा जोगाउनु राष्ट्रिय दायित्व' भएको बताए।

माओवादी केन्द्रका नेता के भन्छन्?

नेकपा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सम्बद्ध एक जना नेता युवराज चौलागाईँले प्रधानमन्त्रीको मानसरोवर यात्रालाई सद्भाव र पर्यटकीय भ्रमणका रूपमा हेरिनुपर्ने बताए।

उनले थपे, “यसलाई सद्भावना भ्रमणका रूपमा मात्रै हेर्नुपर्छ। यसलाई नेपालमा धर्मको राजनीति आयात हुँदैछ अथवा भारतीय जनता पार्टीलाई अलिकति सहज हुने गरी माओवादीले आफ्नो धारणा फेर्दैछ कि भन्ने हिसाबले केही मानिसहरूले टिप्पणी गर्न खोजेको सुन्छु म। मेरो विचारमा त्यो प्रधानमन्त्रीको उद्देश्य होइन।”

चौलागाईँले आफ्नो दल कुनै पनि धर्मको विरुद्धमा नभएको भन्दै संविधानमा भएको व्यवस्थाप्रति आफूहरू प्रतिवद्ध रहेको बताए। नेपालको संविधानले देशलाई धर्म निरपेक्ष राष्ट्र कायम गरेको छ। संविधानले धर्मनिरपेक्षताको व्याख्या गर्ने क्रममा त्यसलाई सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्ने भन्दै परिभाषित गरेको छ।

माओवादी केन्द्रका नेता चौलागाईँ थप्छन्, “हामी हिन्दु वा अरू कुनै धर्मको पक्षमा पनि छैनौँ, विपक्षमा पनि छैनौँ भन्ने अडान हाम्रो पार्टी र प्रधानमन्त्री दुवैको हो। यदि माओवादीलाई हिन्दु धर्मको विरोधी वा उहाँलाई हिन्दु धर्मको विरोधी भनेर चित्रण गर्न खोजिएको हो भने त्यसको विरुद्धमा म छैन भनेर उहाँले भन्न खोज्नुभएको हुनसक्छ जुन जायज पनि हो। तर कुनै पन्थ वा धर्ममा लिएर जान वातावरण बनाउन खोजेको भन्ने सही होइन।”

भारत

अतिवादी धार्मिक राजनीतिलाई लिएर चिन्ता

पछिल्लो जनगणनालाई आधार मान्ने हो भने नेपालको कूल जनसङ्ख्याको झन्डै ८२ प्रतिशत हिन्दु धर्म मान्नेहरू रहेका छन्।
यसै वर्ष प्रकाशित गरेको एउटा अनुसन्धानात्मक समाचारमा नेपालमा विश्वमै द्रुत गतिमा इसाई धर्ममा धर्मान्तरण भइरहेका पाइएको थियो।

यसै वर्ष अमेरिकी सरकारको विदेशमन्त्रालयले धार्मिक स्वतन्त्रतासम्बन्धी आफ्नो प्रतिवेदनमा 'भारतको सत्तारूढ दलसँग आबद्ध दक्षिणपन्थी धार्मिक समूह सम्बद्ध संस्थाहरूले नेपालका दलहरूका केही प्रभावशाली नेताहरूलाई हिन्दु राज्यको पक्षमा वकालत गर्न पैसा दिने गरेको' भन्ने प्रसङ्ग उल्लेख गरिएको थियो।

पछिल्ला महिनाहरूमा 'धार्मिक सद्भावलाई समेत चुनौती दिने हिसाबमा कतिपय तनावपूर्ण परिस्थितिहरू वृद्धि हुन थालेको' भन्दै त्यसलाई लिएर चिन्ताहरू व्यक्त भैरहेका छन्।

विशेष गरी तराईका जिल्लामा यस्ता घटनाहरू सतहमा आएपछि त्यसलाई नियन्त्रणमा लिन सतर्कता अपनाउन निर्देशन दिइएको केही समयअघि गृहमन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएका थिए।

असोज महिनाको पहिलो सातामात्रै विभिन्न धर्म सम्बद्ध २४ संङ्घसंस्थाहरूले कुनै पनि धार्मिक समुदायको आत्मसम्मानमा चोट पुग्ने गतिविधि नगर्न अनुरोध गर्दै धार्मिक सद्भाव कायम राख्न अपिल गरेका थिए।

पत्रकार युवराज घिमिरे भन्छन्, “राज्यले धर्मनिरपेक्षता भनेको के हो परिभाषित गर्नुपर्छ। धर्म निरपेक्षतामा धर्म परिवर्तन वा अर्को धर्मलाई निषेध गर्न पाइन्छ कि पाइँदैन? अल्पसङ्ख्यक धर्मलाई कमजोर बनाउन पाइन्छ कि पाइँदैन?यसबारे प्रस्ट कुरा गर्नुपर्छ।”

पञ्चायतकालको एउटा प्रसङ्ग कोट्याउँदै उनले भने, “जब २७-२८ सालतिर रौतहटमा पहिलो पटक धार्मिक दङ्गा भयो, बहुसङ्ख्यक हिन्दुहरूले मुसलमानहरूमाथि आक्रमण गरे, राजा महेन्द्रले २४ घण्टाभित्रै स्थितिलाई नियन्त्रणमा लिन निर्देशन दिए। अञ्चलाधीश र प्रहरी प्रमुखलाई कारबाही गरे।”

प्रचण्ड

घिमिरेका अनुसार नेपालमा दण्डहीनतामा वृद्धि भएसँगै धार्मिक सद्भाव कायम गर्न थप चुनौतीहरू देखा परेका छन्। सशस्त्र द्वन्द्वकालमा कतिपय ठाउँमा मठ मन्दिर तोडफोड गर्ने र शोक बारेर बसेका किरिया पुत्रीको हत्या गर्ने जस्ता अरूको धार्मिक आस्थामाथि प्रहार गर्ने कतिपय गतिविधिमा तत्कालीन माओवादी विद्रोहीहरूको नाम जोडिएको थियो।

शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलो पटक चुनावमार्फत सत्तामा पुगेपछि प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरको भट्ट नै फेर्ने प्रयास गरेका थिए। नयाँ दिल्लीले गम्भीर असन्तुष्टि जनाएको उक्त निर्णयबाट पछि हट्न उनी त्यसबेला बाध्य भएका थिए भन्ने गरिन्छ।

महाकालेश्वरहुँदै अहिले मानसरोवरसम्म आइपुग्दा एक कट्टर कम्युनिस्ट नेताको धार्मिक र आध्यात्मिक आवरण प्रस्तुत गरेका प्रचण्डको 'नयाँ रूप' लाई लिएर कैयौँ आशङ्काहरू बाँकी रहेको जानकारहरू बताउँछन्। बीबीबी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending