काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले जनयुद्ध गर्नु गल्ती र हिंसा थियो भनेर एक थरीले भड्काउने प्रयास गरिरहेको बताए। उनले परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहनुपर्ने बताए।
उनले अराजकतालाई प्रश्रय दिने अभिव्यक्ति नदिन आग्रह गरे। उनले राम्रा काम हुँदाहुँदै पनि समाजमा नराम्रा मात्रै देख्ने परिपाटी रहेको भन्दै यस्तो समस्या समाधान गर्न जरुरी रहेको बताए।
उनले नेतृत्व भनेको जनताले र इतिहासले आन्दोलन र संघर्षको बीचबाट जन्माउने कुरा भएको पनि बताए।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण भइरहेको छ। त्यसमाथि प्रहार भइरहेको छ। जनयुद्ध गर्नु गल्ती थियो, हिंसा थियो। त्यो अपराध थियो। एउटा एंगल तपाईहरुले सुनिरहनु भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु गलत थियो, त्यसलाई उल्ट्याउनुपर्छ भन्ने अर्को कोण तपाई हामीले देखिरहेका छौँ। सुनिराखेका छौँ। र यो परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहनुपर्छ भन्ने अर्को पक्ष पनि छ। एकथरी मानिसहरु यो परिवर्तनका वाहकहरुलाई विद्रुपीकरण गर्ने, तिनलाई बदनाम गर्ने कुनै तरिकाले तिनको प्रभावलाई, एजेण्डालाई कमजोर पार्ने कसरत भइरहेको छ।ु
प्रधानमन्त्री दाहालले दक्षिणपन्थीहरुले देशमा टाउको उठाउने खतरा रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: