काठमाडौँ। नेपाल–बेलायत मैत्रीसन्धि भएको शतवार्षिकीका अवसरमा शुक्रबार लण्डनस्थित नेपाली राजदूतावास र परराष्ट्र, राष्ट्रमण्डल एवं विकास कार्यालयद्वारा संयुक्त रुपमा इडनबरामा रहेको शाही वनस्पति उद्यानमा जलवायु परिवर्तन त्यसका असरमा केन्द्रित रहेर एक कार्यक्रम आयोजना गरियो ।
त्यस अवसरमा बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यले सन् १९२३ मा भएको नेपाल–बेलायत मैत्रीसन्धिका विविध पक्षबारे चर्चा गर्दै जैविक विविधता संरक्षण तथा नेपालमा जलवायु परिवर्तनका प्रभाव घटाउने बारेमा इडनबरा शाही वनस्पति उद्यानसँग साझेदारी भइरहेको बताए।
विशेष गरी उद्यानसँग नेपालका संस्थाहरूले अनुसन्धान, क्षमता अभिवृद्धि, संरक्षण तथा विकासका क्षेत्रमा सहकार्य गरिरहेका बताउँदै राजदूत आचार्यले जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका दुष्प्रभाव घटाउन बेलायतले नेपाललाई निरन्तर सघाएकामा हार्दिक कृतज्ञता ज्ञापन गरे।
उनले हिमनदी पग्लने तथा जलवायुजन्य विपत्तिको उच्च जोखिममा नेपाल रहेको बताउँदै विभिन्न परियोजनाअन्तर्गत उद्यानले गरेको सहयोगको सराहना गर्नुभएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
परराष्ट्र, राष्ट्रमण्डल एवं विकास कार्यालयका नायब निर्देशक सार्लोट कोल्सले बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्ध पछिल्ला दिनमा भएका छलफल र आदानप्रदानले अझ सघन भएको बताउँदै नेपालको सामाजिक–आर्थिक विकासका निम्ति बेलायतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: